कोरियामा कोभिडको चौथो लहर – दिनदिनै बढ्दै सङ्क्रमित

सोल । दक्षिण कोरियामा कोरोनाको नयाँ भेरियन्ट डेल्टा देखिएसँगै यहाँ पछिल्लो केही हप्तादेखि कोरोना भाइरस सङ्क्रमण चौथो लहरमा प्रवेश गरेको छ । यसले महामारीको रूप लिन थालेपछि यहाँका अस्पतालमा आइसीयू शय्यासमेत अभाव हुन थालेको छ ।

कोरिया रोग निवारण केन्द्रका अनुसार दैनिक दुई हजारको हाराहारीमा कोरोना सङ्क्रमित थपिएका छन् । सङ्क्रमित हुनेमा कोरियन नागरिकसँगै अन्य देशबाट आएका नागरिकसमेत छन् ।

स्वास्थ्य विभागका अनुसार केही हप्तादेखि थपिएका सङ्क्रमितमा नयाँ प्रजातिको कोरोना भाइरस (डेल्टा भेरियन्ट)को समेत लक्षण देखिएको छ । यसरी नयाँ प्रजातिको भाइरस लक्षण देखिनेमा हालसम्म एक हजारबढी बढी छन् । यो भाइरस उच्च गतिमा सङ्क्रमण हुने गर्दछ ।

पछिल्लो समय थपिएका नयाँ सङ्क्रमितको सङ्ख्या हालसम्मकै उच्च हो । यहाँ सरकारले कोरोनाको सम्पूर्ण नियम लगाउनुका साथै दुई जना बढी भेला हुनसमेत बन्देज गरेको छ । सरकारले जारी गरेको कडा सामाजिक दूरीका बाबजुद पनि केही दिनयता नयाँ सङ्क्रमितको सङ्ख्या दैनिक दुई हजारको हाराहारीमा देखिन थालेको छ । कोरियामा हालसम्म कूल सङ्क्रमितको सङ्ख्या एक लाख ८४ हजार १०३ पुगेको छ । मृत्यु हुनेको सङ्ख्या दुई हजार ६३ छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।