भोजपुर नगरपालिकालाई सुन्दर तेजपात खेतीतर्फ लैजाउ
–जीवनप्रसाद राई ।
जिल्लाका नौ स्थानीय तहमध्ये जनसङ्ख्याका आधारमा दोस्रो र भूभागका आधारमा पाँचौं स्थानमा रहेको छ भोजपुर नगरपालिका । यसको पूर्वी सीमा पौवादुङ्मा र अरूण गाउँपालिका हो भने पश्चिममा टेम्केमैयुङ गाउँपालिका पर्छ । उत्तरमा षडानन्द नगरपालिका र दक्षिणमा रामप्रसाद राई गाउँपालिका पर्ने भोजपुर नगरपालिका जिल्लाको सदरमुकाम क्षेत्र पनि हो । भोजपुर नगरपालिकाको उचाइको अवस्थिति समुद्र सतहबाट ५ सय मिटरदेखि २६ सय मिटरसम्म छ । त्यसैले यस नगरपालिकाको धेरैजसो भूभागमा समशीतोष्ण हावापानी पाइन्छ । यस्ता अनेक आधारमा मूल्याङ्कन गर्दा भोजपुर नगरपालिका तेजपात अर्थात् दालचिनीको व्यावसायिक खेतीका लागि ज्यादै उपयुक्त देखिन्छ ।

तेजपात
तेजपत्ता पनि भनिने तेजपात नेपालका मध्यपहाडी भूभागमा पाइने वनस्पति हो । तराईमा पनि यसको खेती गर्न सकिन्छ । यस वनस्पतिको वैज्ञानिक नाम Cinnamomum tamala, अङ्ग्रेजी नाम Indian cassia lignea वा Nepalese cinnamon तथा पारिवारिक नाम Lauraceae हो । संस्कृतमा यसलाई ताचुला, तमलापत्र आदि नामले चिनिन्छ भने गुरूङ भाषामा पिङ्गो, तामाङमा लेप्टे, राईहरुले पातारङ्गी भन्ने गरेका छन् । मसला बालीमा पर्ने यो वनस्पति ८ मिटरसम्म अग्लो झ्याम्म परेको रुख निकै आकर्षक हुन्छ । सदाबहार वनस्पति भएकाले यसलाई जङ्गलको शोभा पनि भनिन्छ । नेपालमा मसलाको रुपमा प्रयोग गरिँदै आएको यस वनस्पतिबाट महत्वपूर्ण सेन्ट र पफ्र्युम उत्पादनको कच्च पदार्थ (तेल) निकालिन्छ । तेजपातमा उच्च औषधीय गुण पाइन्छ ।
तेजपात नै किन ?
पहाडी क्षेत्र, त्यसमा अलि चिस्यान वातावरणमा सबैभन्दा राम्ररी फस्टाउने तेजपातको व्यावसायिक खेतीका लागि भोजपुर नगरपालिका सबैभन्दा उपयुक्त छ । उच्च महङ्खवको वनस्पति भए पनि यसलाई नेपालमा केही स्थानीय तहले मात्र सामान्य महङ्खव दिएको छ । यसको महत्व मसलाको रुपमा मात्र नभई विविध औषधि र बहुमूल्य तेल उत्पादनमा अझ उच्च छ । यस वनस्पतिलाई भोजपुर नगरपालिकाले पकेट क्षेत्र बनाई व्यावसायिक उत्पादन गरेमा यसबाट नगरपालिकाले लिन सक्ने फाइदा धेरै छन् भने स्थानीय नागरिकहरुले लिन सक्ने फाइदा पनि धेरै नै छन् ।

तेजपातका फाइदा
नेपालमा मसला बालीको रुपमा मात्र चिनिएको तेजपात अन्य प्रयोजनमा खासै नआएको वनस्पति हो । यसको न्यून उत्पादन मसलामा मात्र सीमित हुन्छ भने उच्च उत्पादनले यसको उपयोगको महङ्खव दर्साउँछ । यसको बहुउपयोगबारे संसारमा हुँदै आएका अध्ययन, अनुसन्धान र प्रयोगबारे थोरैलाई मात्र जानकारी छ ।
१) यसलाई प्रशोधन गरेर उच्च स्तरको सेन्ट तथा पफ्र्युम उत्पादन गर्न सकिन्छ ।
२) यसबाट औषाधीय गुण भएको उच्च स्तरीय रक्सी निर्माण हुने गरेको छ । विकसित मुलुकहरुमा सो र’क्सी निकै महँगो मूल्यमा बिक्री हुने गरेको छ ।
३) यसलाई साङ्ला, मुसा, उपियाँ, उडुस तथा लामखुट्टे भगाउने प्राकृतिक वि’षादीको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
४) यसबाट बनेका साबुन तथा सेम्पोहरु संसारमै लोकप्रिय छन् ।
५) यसको मूल्य शृङ्खला निर्माणले पनि निकै महङ्खव राख्ने निश्चित छ ।
नगरपालिकाको काम
भोजपुर नगरपालिकाले आफ्नो क्षेत्रलाई ‘तेजपात पकेट क्षेत्र’ घोषणा गरेपछि निम्न कार्यहरु गर्दै जानुपर्छ—
नर्सरी स्थापना : फलपूmल तथा वनस्पतिहरुका लागि सर्वप्रथम अत्यावश्यक रहने मुख्य वस्तु हो बिरूवा । त्यसैले व्यापक रुपमा तेजपातका बिरूवा तयार गर्न नर्सरी स्थापना पहिलो खुड्किलो हो । पकेट क्षेत्र निर्माण गर्नु भनेको सरकारी भाषामा ‘जोन’ र ‘सुपरजोन’ निर्माण गर्नु हो । सुपरजोन आपैmमा महङ्खवपूर्ण हुन्छ नै । सुपरजोन निर्माणका लागि कम्तीमा पनि १ हजार हेक्टरमा खेती हुनुपर्छ । यो भनेको लाखौंको सङ्ख्यामा बिरूवा रोपिनु हो । यही कारण सर्वप्रथम राम्रो र गुणस्तरीय बिरूवा उत्पादन जरूरी हुन्छ । उत्पादित बिरूवा सही ठाउँमा, सही तरिकाले, सही प्रविधि प्रयोग गरेर रोप्नुपर्छ ।

साइनबोर्डहरु राख्ने : नगरपालिकाले पकेट क्षेत्रका विशेष ठाउँहरुमा उत्पादन गरिने वनस्पति सुहाउँदा साइनबोर्ड राख्नुपर्ने आवश्यकताअनुसार तेजपात खेती गर्ने तरिका, खेतीबाट हुने फाइदा, तेजपात खेती गर्नुको कारण झल्कने गरी भोजपुर नगरपालिकाले पनि आमनागरिकको पहँुचमा पुग्ने गरी सार्वजनिक ठाउँहरुमा साइनबोर्ड राख्नुपर्छ । प्रमुख राजमार्गले छुने आफ्ना सिमानामा समेत यस्ता सूचनाहरु राख्नु उपयुक्त हुन्छ ।
सचेतना कार्यक्रम सञ्चालन : पकेट क्षेत्रकै रुपमा व्यापक तेजपात उत्पादन गर्ने योजना भएपछि यसबारे सबै नागरिकलाई सुसूचित गर्नुपर्छ । यसका लागि सूचना, विज्ञापन, पुस्तक, पुस्तिका, ब्रसरहरु निर्माण गर्ने, अनेक छलफल, गोष्ठी, सेमिनार, कार्यशालामार्पmत पनि सूचना प्रवाह गर्नुपर्छ । यसबाट बन्न सक्ने सामग्रीहरुबारे पनि सूचना प्रवाह गर्नुपर्छ । यसै गरी यसको खेती प्रविधि विस्तार तथा विकास सम्बन्धमा बेलाबेला प्रशिक्षण तथा भ्रमण कार्यक्रमहरु सञ्चालन गर्ने, उच्च स्तरीय प्रशोधन प्रविधिहरुबारे पनि नगरले कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

सूचना केन्द्र स्थापना : अन्य स्थानीय तहले पकेट क्षेत्रमा भएका बालीहरुको सूचना केन्द्र स्थापना गरे जस्तै भोजपुर नगरपालिकाले तेजपातबारेका सम्पूर्ण सूचनाहरु प्राप्त हुने सूचना केन्द्र स्थापना गरिनुपर्छ । पोस्टर, पम्प्लेट, पुस्तक, फोटो, भिडियो, वृत्तचित्र आदि सूचनाका अनेक माध्यमबाट सरोकारवालाहरुलाई सुसूचित गर्नुपर्छ । यसै गरी खेती गर्ने तरिकाका लागि नमुना खेती प्रदर्शनसमेत सूचना केन्द्र नजिकै आकर्षक तरिकाले गरिनुपर्छ ।
प्रशोधन केन्द्र स्थापना : तेजापत पकेट क्षेत्र सञ्चालनमा आइसकेपछि उत्पादनमा बढोत्तरी हुन्छ । परम्परागत रुपमा मसला प्रयोजनले मात्र खपत गरेर पुग्दैन । यसको प्रशोधन गरी उच्च मूल्य आउने महङ्खवपूर्ण वस्तुहरु उत्पादन गरिनुपर्छ । साथै यसलाई मूल्य शृङ्खला परिवर्तन गर्न पनि विशेष ध्यान दिनुपर्छ । त्यसका लागि आधुनिक प्रशोधन केन्द्र जरूरी हुन्छ । हुन त यो कार्य नगरपालिका आपैmले सम्पन्न गर्नु राम्रो हो तर यस्ता काममा निजी क्षेत्रलाई समेत संलग्न गराउँदा आर्थिक अपनत्वका कारण लगानी आकर्षित हुन्छ तेजपातलाई प्रशोधन गरी निकाल्न सकिने पहिलो वस्तु हो निकै महँगो तेल । यसको प्रशोधन सजिलो पनि ।
यस्ता प्रशोधन केन्द्रहरु भोजपुर नगरपालिकाभित्रै गर्नुपर्छ, जसबाट स्थानीय रोजगारी सिर्जना हुन्छ । यसै गरी यसबाट प्रशोधित मसला गुणस्तरीय हुन्छ । यसका साथै तेजपातबाट गुणस्तरीय साबुन, सेम्पो बनाउने उद्योगहरु पनि खोलिनुपर्छ । तेजपातबाट उत्पादन हुने सबैभन्दा महङ्खवको वस्तु हो संसारकै महँगो र’क्सी । अन्तर्राष्ट्रिय व्यापार वृद्धिका लागि हामीले त्यसतर्फ पनि ध्यान दिनु आवश्यक छ ।
तेजपात प्रवर्धन कार्यक्रम : सुरूमा एक पटक लगाएर मात्र हुँदैन, तेजपातको निरन्तर उत्पादनमा विविधीकरणसमेत आवश्यक पर्छ । त्यसका लागि यसको नियमित प्रवर्धन कार्यक्रम सञ्चालनमा निरन्तरता दिनुपर्छ । जतिसुकै राम्रो वस्तु पनि पछिल्लो युगमा विज्ञापनबिना जनमानसको प्रयोगमा जाँदैन । यसै कारण तेजपातको प्रवर्धनका लागि मिडिया, सामाजिक सञ्जाल तथा यसका विज्ञ र सरोकारवालाबीचका छलफल तथा अन्तरक्रिया भइरहनुपर्छ ।

नगरपालिकालाई फाइदा
भोजपुर नगरपालिकालाई तेजपात पकेट क्षेत्र घोषणा हुनेबित्तिकै तेजपातको संरक्षण तथा प्रवर्धन गर्ने स्थानीय तहको रुपमा मात्र होइन, महङ्खवपूर्ण जिल्लाकै रुपमा यस ठाउँले प्रशंसा पाउनेछ । साथै भोजपुरमा तेजपातको स्रोत केन्द्र निर्माण हुनेछ भने यसबाट आन्तरिक तथा बाह्य पर्यटकहरु भित्राउन सकिन्छ । मुख्यतः यसको सूचना केन्द्र निर्माण गरेर त्यसबाट हुने फाइदाहरुबारे भोजपुर नगर सरकारले भरपूर उपयोग गर्न पाउनेछ ।
(लेखक कृषि पर्यटन अभियन्ता तथा परामर्शदाता हुन । भोजपुर होम्ताङमा जन्मिएका उनी कृषि अभियान लिएर नेपालको ७७ वटै जिल्ला पुग्ने पहिलो नेपाली नागरिक पनि हुन् । -सम्पादक)


