सबै वडाबाट कोभिड विरुद्धको खोप

काठमाडौँ, बूढानीलकण्ठ नगरपालिकाले नागरिकको सुबिधाका लागि वडा–वडामै कोरोना विरुद्धको खोप उपलब्ध गराउने भएको छ । यसअघि नगरभित्र दुई ठाउँमा खोप केन्द्र राखिएकामा नगरपालिकाले अब १३ वटै वडाबाट खोप लगाउने तयारी गरेको हो ।

कोरोना सङ्क्रमणको जोखिम बढिरहेको र निश्चित ठाउँमा मात्रै खोप केन्द्र राख्दा नागरिकले कष्ट व्यहोर्नुपरेको गुनासो आएकाले नगरभित्रका सबै वडामा खोप केन्द्र सञ्चालन गर्ने तयारी गरिएको नगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख कुमारप्रसाद दाहालले बताउनुभयो ।

तोकिएको उमेर समूहका भन्दा पनि अन्य मानिस खोप केन्द्रमा उपस्थित हुँदा व्यवस्थापनमा साह्रै समस्या भयो । भिडभाड पनि बढी भएकाले सङ्क्रमणको जोखिम कम गर्दै नागरिकको सेवा र सन्तुष्टि बढाउन वडामै खोप लैजाने तयारी गरिएको उहाँको भनाइ थियो ।

मङ्गलबारदेखि नै ४५–४९ उमेर समूहलाई चाइनीज भेरोसेल (पहिलो मात्रा लगाउन थालिएको नगरप्रमुख उद्धबप्रसाद खरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “माग अनुसार एकै पटक त सक्ने अवस्था नभए पनि सबै नागरिकलाई खोप उपलब्ध गराउने र सङ्क्रमणबाट बचाउने अभियानमा हामी छौं ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖