पहिलो यु द्ध संग्रहालयको राष्ट्रपतिद्वारा उद्घाटन
सिन्धुलीगढी । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा नेपालकै पहिलो सिन्धुलीगढी यु द्ध संग्रहालयको आज उद्घाटन गरेकी छन् ।
संग्रहालय उद्घाटनको लागि उनी बुधबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत सिन्धुलीगढी आएकी थिइन् ।
नेपाली सेनाले कमलामाई नगरपालिकासँगको सहकार्यमा यु द्ध संग्रहालय निर्माण गरेको हो । ०७६ कात्तिक २४ गते संग्रहालयको शिलान्यास गरिएको थियो ।
६ करोड ५० लाख रुपैयाँको लागत र करिब डेढ वर्षको अवधिमा निर्माण सम्पन्न भएको संग्रहालय ६ हजार २७५ स्क्वायर फिटमा फैलिएको छ । संग्रहालयमा वीर यो द्धाको परिचय, तत्कालीन समयमा प्रयोग भएका हा तहति यारलगायत राखिएका छन् ।


लाइन काटेर बक्यौता असुल
बागलुङ, १३ साउन (रासस) : नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले समयमा महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता असुल गरेको छ । गत आवभित्रमा ४६४ त्यस्ता ग्राहकबाट रु ३५ लाख बक्यौता उठाइएको केन्द्रले जनाएको छ ।
महसुल तिर्न अटेर गर्ने ग्राहकको लाइन काट्ने गरिएको र महसुल बुझाएमा पुनः लाइन दिने गरिएको केन्द्र प्रमुख शिवनारायण गोशलीले बताउनुभयो । मिटर रिडिङ गरेको ६०औँ दिनसम्म विद्युत् महसुल नतिरेमा बिनासूचना जुनसुकै समयमा पनि प्राधिकरणले लाइन काट्न सक्ने कानूनी व्यवस्था छ ।
तोकिएको अवधिभन्दा बढी समयसम्म महसुल नतिर्ने ग्राहकको लाइन काट्ने गरिएको प्रमुख गोशलीको भनाइ छ । लाइन काटिएपछि बल्ल ग्राहकले बक्यौता रकम बुझाउने गरेका छन् । बक्यौता नतिरेसम्म लाइन नजोडिने केन्द्रले जनाएको छ ।
लाइन काटिएपछि पनि महसुल नबुझाउने ग्राहकलाई कालोसूचीमा राखेर केन्द्रले कारवाही अगाडि बढाउन सक्छ । गत आवमै कालोसूचीमा रहेका १६ जना पुराना ग्राहकबाट रु तीन लाख आठ हजार बक्यौता असुल गरिएको थियो । यस्तै ४१ ग्राहकलाई विद्युत् चुहावट गरेको आरोपमा कारवाही गरिएको छ । केन्द्रले अहिले जिल्लाभर केन्द्रीय प्रसारण लाइन विस्तारको काम गरिरहेको छ । विद्युतीकरण कार्यक्रममार्फत गत आवको शुरुमै बडिगाड र ढोरपाटन नगरपालिकाकामा पहिलोपटक केन्द्रीय प्रसारण लाइन पुगेको थियो ।
ताराखोला, बरेङ गाउँपालिका र जैमिनी नगरपालिकामा पनि विद्युत् विस्तार भइरहेको छ । “जिल्लाको करिब ६५ देखि ७० प्रतिशत ठाउँमा केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तार भइसकेको छ”, प्रमुख गोशलीले भन्नुभयो, “आगामी वर्षसम्ममा सबैतिर पुग्छ, त्यहीअनुसार बजेट माग गरेका छौँ ।”
तमानखोला र निसीखोला गाउँपालिकामा अहिलेसम्म केन्द्रीय प्रसारणको विद्युत् पुग्न सकेको छैन । स्थानीयवासीहरू गाउँमै सञ्चालित लघुजलविद्युत् आयोजनाका भरमा छन् । गत आवमा विद्युत्का एक हजार ९०५ जना नयाँ ग्राहक थपिएको केन्द्रले जनाएको छ ।
गण्डकी प्रदेश सरकारबाट आएको ग्रामीण विद्युतीकरण कार्यक्रमको शतप्रतिशत काम पूरा भएको जनाइएको छ । केन्द्रले विद्युत् विस्तारका साथै विद्युत् लाइन सुदृढीकरण, ट्रान्सफर्मर जडान, चुहावट रोक्ने, जीर्ण काठका पोललाई विस्थापित गरी नयाँ फलामका पोल राख्नेलगायतका काम गर्दै आएको छ ।


