डुङ्गा पल्टिँदा तीन बे,पत्ता, एकको मृ,त्यु

भजनी, कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृ,त्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्यचौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा नदीमा डुङ्गा पल्टिँदा तीन व्यक्ति बेपत्ता भएका छन् भने एकजनाको मृ,त्यु भएको छ ।

डुङ्गा दु,र्घटना हुँदा बे,पत्ता हुनेमा मोहन्याल–३ बस्ने २० वर्षीया उर्मिला सलामीमगर, उर्मिलाको १० दिनको शिशु र सोही ठाउँ बस्ने २० वर्षकी पार्वती थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताउनुभयो ।

त्यस्तै डुङ्गा दु,र्घटनामा घाइते भएकी मोहन्याल– ३ बस्ने १९ वर्षीया धनसरा सलामीमगरको उपचारका लागि लैजाने क्रममा मृ,त्यु भएको प्रहरीले जनाएको छ । उहाँका एक महिनाका छोरा कर्ण सलामी गम्भीर घा,इते भएका छन् । डुङ्गामा १० मान्छे सवार रहेकामा पाँच जनाको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बेपत्ता भएकाको खोजीका लागि इलाका प्रहरी कार्यालय सुगरखालको टोली घटनास्थलमा खटिएको जनाइएको छ । यहाँ सहजरूपमा आवागमनका लागि पुलको व्यवस्था नहुँदा नागरिकले जोखिमको यात्रा गर्न बाध्य छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।