कोरोनाका कारण त्रिविका सबै परीक्षा स्थगन गर्ने तयारी
काठमाडौं । कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएपछि सञ्चालन गरिँदै आएका परीक्षा र साउन २० देखि सुरु हुन लागेका विश्वविद्यालयअन्तर्गतका परीक्षा स्थगन गरेर आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने तयारी गरिएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री उमेश श्रेष्ठले यसबारे शिक्षा मन्त्रालयसँग परामर्श भइरहेको र यसबारे केही बेरमा जानकारी दिइने बताएका छन् ।-news24

काठमाडौँ, राष्ट्रियसभामा स्टाण्डर्ड नाप र तौल(पाचौँ सशोधन) विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गरिएको छ । विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले समितिको उक्त प्रतिवेदन सभामा समक्ष पेश गर्नुभएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल हवाई सेवा प्राधिकरण, २०७६ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस् भनी राख्नुुभएको प्रस्तावलाई सभाले सर्वसम्मतिले अनुमोदन ग¥यो ।
यसअघि बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ र नेपाल नागरिक उडडयन प्राधिकरण विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिएको थियो ।
शोक प्रस्ताव
राष्ट्रियसभामा पूर्व प्रतिनिधिसभा सदस्य अकबरबहादुर सिंहको निधनमा शोक प्रस्ताव परित गरिएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहको निधनप्रति शोक प्रस्ताव पारित गरियोस् भनी राख्नुभएको प्रस्तावलाई सभाले अनुमोदन गरेको हो ।
उहाँको निधनप्रति सभामा एक मिनेट मौनधारणका साथ श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरियो । राष्ट्रियसभाको अर्काे बैठक यही साउन २० गते बुधबार दिनको १ बजे बस्ने छ ।


