म,हामारीका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय पुनः सञ्चालनमा

बैतडी, कोरोना म,हामारीका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन् ।

जिल्लाको मेलौली नगरपालिका अन्तर्गतका विद्यालय पुनः सञ्चालनमा आएका हुन् । नगर क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेकाले विद्यालय पुन ः सञ्चालनमा ल्याइएको शाखा प्रमुख हरिशप्रकाश भट्टले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“हामीले स्वास्थ्यका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेका छौं ।”कोरोना जोखिम भएका क्षेत्रमा सामुदायिक कक्षा र टोल कक्षा सञ्चालन भइरहेका र जोखिम नभएका ठाउँमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेका जनाइएको छ ।

लामो समयदेखि विद्यालय बन्द भएकोले विद्यार्थीको भविष्य बिग्रिने भएकाले पुनः पठनपाठन गरिएको नगरपालिकाले जनाएको छ । मेलौली ४६ सामुदायिक विद्यालय छन् ।

अन्य स्थानीय तहले पनि विद्यालय पुनः सञ्चालनको तयारी गरिरहेका शिक्षा विकास तथा समन्वय समितिका प्रमुख नरेन्द्र अवस्थीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“संघीय सरकारले स्थानीय सरकारलाई कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय पुनः सञ्चालन गर्नसक्ने अधिकार दिएको छ, सोही अनुसार तयारी गरिरहेका हुन् ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।