वन्यजन्तुका अखेटोपहारसहित एक महिलालाई प,क्राउ

काठमाडौँ, संरक्षित वन्यजन्तुका अखेटोपहारसहित एक महिलालाई प्रहरीले प,क्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान र नियन्त्रणका लागि खटिएको टोलीले काठमाडौँको नागार्जुन बस्ने ४५ वर्षीया माइली पुतुवारलाई पक्राउ गरेको हो ।

संरक्षित वन्यजन्तु अवैधरुपमा ओसारपसार गरी बे,चबिखन गर्ने उद्देश्यले लुकाइछिपाइ राखेको भन्ने विशेष सूचनाका आधारमा खोजीका लागि गएको टोलीले यहाँस्थित रातमाटेबाट उनलाई पक्राउ गरेको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिनुभयो ।

उहाँका अनुसार लुकाइ राखेको अवस्थामा संरक्षित वन्यजन्तु जरायोका सिङ दुई थान र सालकको खपटा पनि बरामद गरिएको छ । उनलाई आवश्यक कानूनी कारवाहीका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा बुझाइएको ब्यूरोले आज एक सूचना जारी गरी जनाएको छ । कसुर प्रमाणित भए उनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारवाही हुनेछ ।

लागुऔषधसहित प,क्राउ

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट लागुऔषध गाँजासहित आज बिहान एक व्यक्तिलाई प,क्राउ गरिएको छ । धादिङबाट काठमाडौँ आउँदै गरेको बा४ख ४४४७ नम्बरको बसमा जाँच गर्ने क्रममा बसमा सवार सञ्जय लामालाई लागुऔषधसहित प,क्राउ गरिएको प्रहरीले जनाएको छ।

उनले आफू बसेको सिटमुनि झोलाभित्र प्लाष्टिकमा लुकाएर ल्याएको अवस्थामा चार किलो गाँजा बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।