आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले प,हिराको स्थलगत निरीक्षण

चरीकोट, दोलखाको कालिञ्चोक गाउँपालिका– ५ लापिलाङमा गएको पहिरो र त्यसले पु¥याएको क्षतिबारेमा वाग्मती प्रदेशका दुई मन्त्रीले आज स्थलगत निरीक्षण गर्नुभएको छ । लापिलाङको रानीवन पहिराको आज सामाजिक विकासमन्त्री सरस्वती बस्नेत र आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले स्थलगत निरीक्षण गर्नुभएको हो ।

लापिलाङको खहरे रानीवन संरक्षण क्षेत्रबाट गत वर्षको साउनदेखि नै पहिरो जान थालेको र उक्त पहिराले हाल बालीनालीसहित जग्गा कटान गरी पहिरो गाउँमा पसेपछि थप जोखिम बढेको हो । गत वर्ष आएको पहिराले नौ घर बगाएको थियो भने २२ घर पहिराको उच्च जोखिममा रहेका थिए । गत वर्षको पहिरालाई मध्यनजर गरी समयमा नै पहिरो रोकथाम तथा बस्तीलाई सुरक्षित स्थानमा स्थान्तरण गर्न नसक्दा सोही ठाउँबाट आएको पहिराले लापिलाङका सयौँ घर हाल उच्च जोखिममा परेका छन् ।

सयौँ रोपनी खेतीयोग्य जमिन कटान गरी बस्तीमा नै पहिरो आइपुगेको र हाल सयौँ घर उच्च जोखिमका कारण विस्थापित भई सयौँ परिवार आफन्त तथा सामुदायिक विद्यालय र पालमा बस्न बाध्य भएका गाउँपालिकाका उपाध्यक्ष कालिका पाठकले बताउनुभयो । पहिराकै कारण केही परिवार भूमिहीन तथा घरबारविहीन बन्न पुगेको उहाँले बताउनुभयो ।

मानवीय क्षति नभए पनि पहिराका कारण ठूलो क्षति हुन पुगेको हो । पहिराको निरीक्षण गर्दै आन्तरिक मामिला तथा कानूनमन्त्री पाण्डेले प्रदेशको यो वर्षकै ठूलो पहिरो सिन्धुपाल्चोकमा र मानवीय क्षति नभए पनि त्यसपछि लापिलाङको पहिरो भएको हुँदा प्रदेश सरकारको प्रत्यक्ष ध्यानाकर्षण भएको र स्थलगतरूपमा निरीक्षणका लागि आफूहरू पहिरो क्षेत्रमा आएको बताउनुभयो।

विस्थापित भएका परिवारलाई स्थानीय तहमार्फत तत्काल राहत सामग्री उपलब्ध गराउने काम भइरहेको र स्थायी बसोबासका लागि प्रदेश सरकारले व्यवस्थापन गरिने उहाँले बताउनुभयो । पीडित परिवारलाई तत्कालका लागि प्रतिपरिवार रु २५ हजार र पक्की घर निर्माणका लागि प्रतिपरिवार रु चार लाखका दरले रकम उपलब्ध गराइने प्रदेश सरकारको नीति रहेकाले सुरक्षित स्थान पहिचानका लागि मन्त्री पाण्डेले गाउँपालिकालाई निर्देशन दिनुभयो ।

पहिराले जग्गा जमिन तथा घर ठूलो मात्रामा क्षति गरेको र सिङ्गो गाउँ नै पहिराको उच्च जोखिममा रहेका कारण सुरक्षित स्थानमा सरेर बस्नका लागि सामाजिक विकासमन्त्री बस्नेतले आग्रह गर्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।