आर्थिक सहयोग प्रदान

काठमाडौँ, समाजसेवी सुवोधप्रसाद प्रधानले डेढ वर्षीया स्मृति सुनारको स्वास्थ्योपचारका लागि रु ५० हजार आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

मिर्गौलामा समस्या भई कान्ति बाल अस्पतालमा उपचाररत बालिकाको अभिभावक काठमाडौँ महानगरपालिका –१३ टङ्केश्वर निवासी धने र गीतालाई समाजसेवी प्रधानले उक्त रकम प्रदान गर्नुभएको हो ।

अहिले उपचारका क्रममा रहेकी बालिकाको मिर्गौलाको शल्यक्रिया गर्नुपर्ने देखिए पनि आर्थिक अभावले समस्या भएपछि समाजसेवी प्रधान नेतृत्वको टोलीको पहलमा सहयोग जुटाइएको थियो ।

उक्त टोलीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा समन्वय गरी हालै सिन्धुपाल्चोकमा बा,ढी प,हिराबाट समस्यामा परेका पीडितलाई राहतका साथै करिब रु पाँच लाख बराबरको सहयोग गरेको थियो ।

कोभिड–१९ का कारण समस्यामा परेका विपन्न वर्गलाई विभिन्न खाद्य सामग्रीसहितको राहत उपलब्ध गराइँदै आएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।