बिजुली पुग्दा खुशीयाली

डोटी, विद्युत् विस्तारका लागि पोल गाडेको वर्षौँपछि जिल्लाको केआइसिंह गाउँपालिका–१ गणेशकाडा र ४ को मगरबस्तीमा बल्ल विद्युत् पुगेको छ । वर्षौँपछि बिजुली बत्ती प्रयोग गर्न पाएकामा अहिले त्यहाँका बासिन्दा खुशी छन् ।

वडा नं १ का वडाध्यक्ष कृष्णबहादुर बमले भन्नुभयो, “सल्लाको दियालो र टुकीको भरमा गुजारा चलाउँदै आएका यहाँका बासिन्दालाई निकै सास्तीे थियो, ठूलो मेहेनतले बत्ती पु¥यायौँ, अहिले सबै खुशी छन् ।”

दुर्गम क्षेत्रका रूपमा रहेका ती वडामा हिजोसम्म बिजुली बत्ती नभएका कारण स्कूले केटाकेटीलाई पढ्न निकै गाह्रो हुँदै आएकामा अब सो समस्या समाधान भएको गणेशकाडा निवासी तेजबहादुर मगरले बताउनुभयो ।

दुबै स्थानमा शनिबार एकैसाथ बिजुली बत्ती बालिएको विद्युत् विस्तारको जिम्मा पाएका निर्माण व्यवसायी तेजबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “ अब सबै वडामा राष्ट्रिय प्रसारणको बिजुली पुगेको छ ।”

जिल्लाका नौवटै स्थानीय तहका प्रतेक वडामा विद्युत विस्तार गर्ने रणनीतिअनुसार काम अगाडि बढिरहेको दिपायलस्थित विद्युत् कार्यालयका प्रमुख कौशलदेव जोशीले जानकारी दिनुभयो ।

“कम्तीमा पनि हामी २५÷३० घरधुरीले टुकी र सोलार बत्तीको मद्दतले निर्वाह गर्दै आएका थियौँ”, अर्का स्थानीयवासी केशव बमले भन्नुभयो, “हाम्रा गाउँ ठाउँमा बिजुली बत्ती आएसँगै गाउँको मुहार नै परिवर्तन भएको महसुस गरेका छौँ, बिजुली नहुँदाको दुःख अन्त भए ।”

बिजुलीको अभावमा टेलिभिजन हेर्न एकादेशको कथाजस्तै भएको थियो भने मोबाइल चार्ज गर्न पनि गाउँपालिकाको सदरमुकाम वाइल जानुपर्ने बाध्यता अब हटेको अर्का स्थानीयवासी शेरबहादुर ऐरले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।