चौतारा अस्पतालमा पिसिआर मेसिन

सिन्धुपाल्चोक, जिल्ला सदरमुकामस्थित चौतारा अस्पतालमा कोरोना परीक्षण गर्न पिसिआर मेसिन आइपुगेको छ । वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा सो उपकरण ल्याइएको हो । अब स्वाब परीक्षणका लागि धुलिखेल जानुपर्ने बाध्यता हटेको छ ।

बाँदर र बँदेलको आतङ्क

जिल्लाको इन्द्रावती गाउँपालिका– ५ का कृषक बाँदर र बँदेलको आतङ्कदेखि हैरान भएका छन् । लगाएको बाली दिउँसै बाँदरले खाएर हैरानी खेपिरहेका स्थानीय कुमार आचार्य दुखेसो पोख्नुभयो । उहाँले भन्नुहुन्छ, “हामी त भोक भोकै मर्ने भयाँै, न राज्यले वास्ता गरेको छ, न बाँदर र बँदेल धपाउनै सकेका छौँ । कसरी घर परिवार धान्ने ?”

किसान पारसनाथ आचार्यको पीडा पनि उस्तै छ । उहाँले भन्नुभयो “बाँदर र बँदेलकै कारण कृषिबाट पलायन हुने अवस्था नआउँला भन्न सकिन्दैन, भोकभोकै मरिएला जस्तो छ, परिवार धान्न धौधौ पर्ला जस्तो छ । अब कसरी, कहाँ, के गर्ने अन्योलमा छु । ”

बाँदर र बँदेलको आतङ्कबाट क्षति बेहोरेका विवरण गाउँपालिकालाई बुझाए पनि सहयोग नआएको पीडितको गुनासो छ । बाँदरबाट पीडित भएर आफू पटकपटक गाउँपालिका धाउँदा पनि कुनै प्रतिक्रिया नआएको उहाँको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖