बा,ढी,प,हिराका कारण गाउँ पुग्न सकस, तुइन सहारा

नवीन लामिछानेमनाङ,असार १ गते बा,ढी,प,हिराले नासो गाउँपालिकामा सबैभन्दा बढी क्षति पुगेको छ । बा,ढी,प,हिराले सबैभन्दा ब,ढी क्ष,ति पु¥याएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेको गाउँ पुग्न नै मुस्किल भएको छ अहिले ।

चारैतिर नदी, खोलाले घेरिएको नासों गाउँपालिका–८ ताचै पुग्न ज्यान नै जोखिममा राख्नुपर्ने अवस्था छ । “पानी पर्न अझै पनि रोकिएको छैन, नदी, खोला, खोल्साको बहाव बढ्ने सम्भावना उत्तिकै छ तर गाउँमा पुगेर स्थानीयको सेवा गर्नुपर्ने भएकाले ज्यान जोखिममा राखेर पुग्ने गरेको छु”, गाउँपालिका अध्यक्ष घलेले भन्नुभयो ।

“टेलिफोन टावर छैन । आवतजावत गर्ने बाटो छैन । विद्युत् छैन । गाउँका केही घर पहिरामा भासिएका छन् । झोलुङ्गे पुल बगाएको छ । सडक छैन”, उहाँले भन्नुभयो, “गाउँमा वारपार गर्न चाइनिजले निर्माण गरेको एक मात्रै तुइन सहारा बनेको छ । त्यो पनि जीर्ण अवस्थाको छ । गाउँबाट पालिकासम्म पुग्नसक्ने अवस्था अझैसम्म पनि बनाउन सकेका छैनौँ ।”

गाउँमा सञ्चार र विद्युत् आपूर्ति नहुँदा अन्धकारमा छ । गाउँपालिकाका केही स्थानका टेलिकम टावर मर्मत तथा सौर्य ऊर्जा जडान गरेर प्रयोगमा ल्याउने प्रयास भइरहेको छ । नासो–८ का वडाध्यक्ष हुपजङ्ग गुरुङ गाउँले मिलेर गोरेटो निर्माण गरे पनि मस्र्याङ्दी नदी वारपार गर्न तुइनबाहेक अरु विकल्प नभएको बताउनुहुन्छ ।

“तुइन पनि जीर्ण अवस्थामा छ । जो,खिम मोलेर वारपार गरेका छौँ । केही दिनसम्म राहतले चलाउला तर सधैँ त गाह्रो हुन्छ । ताचैको त पूर्णरुपमा विच्छेद भएका छौँ”, गुरुङले भन्नुभयो ।

खिया लागेको लामो समयसम्म नचलेको तुइन प्रयोग गरी मस्र्याङ्दी वारपार गर्नुपर्दा घर फर्किने हो कि होइन भन्ने चिन्ताले सताउने गरेको स्थानीय शेरजङ्ग गुरुङ बताउनुहुन्छ । नासो गाउँपालिका–९ दानाक्युबाट वडा नं ८ ताचै जान अप्पर मस्र्याङ्दी दुई जलविद्युत् आयोजनाले जडान गरेको सामान तार्न तुइन बनाएको हो ।

“स्थानीयले बनाउन सक्नेजति त बनाएर सजिलो बनाएका छौँ नि । ठूलो नदीलाई त जित्न पनि नसकिने स्थानीय स्रोतसाधनले पनि नभ्याउने रहेछ । जोखिम मोल्दै सरकारको मुख ताकेर बस्नुपर्ने अवस्था छ”, उहाँ भन्नुहुन्छ, “सरकारले छिटो बनाइदिए स्थानीयको खुशी फर्किने थियो र अभिभावक रहेको महसुस गर्न पाइन्थ्यो भन्ने लाग्छ के गर्नु ? छिटो सुनुवाइ होस् ताचैवासीको अनि सम्पूर्ण मनाङवासीलाई सजिलो होस् ।”

ताचैसँगै यस गाउँपालिकाको वडा नं १ ताल, ३ नं वडाको धारापानी, खोत्रो, ५ नं वडाको थोंचे, ६ र ७ नं वडाको तिल्चे र ९ नम्बर वडाको दानाक्युमा बाढीपहिराले बढी क्षति पु¥याएको छ । यी गाउँ एकाापसमा सम्पर्क र आवतजावतसमेत गर्नसक्ने अवस्थामा छैनन् । केही स्थानमा गोरेटो बाटो र अस्थायी काठे पुल निर्माण गरी आवतजावतलाई सहज बनाइएको छ ।

मस्र्याङ्दी नदीमा आएको बा,ढीले नासोंको प्रशासनिक भवन नै बगाएपछि पूर्णरुपमा विस्थापित भएको छ । अत्यावश्यक सेवा प्रवाह गर्नसमेत समस्या भएको छ । गाउँपालिकाको सेवा नै छिमेकी जिल्ला लमजुङबाट अस्थायी कार्यालय राखेर सेवा प्रवाह भइरहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖