एक वर्षमा १३८ फरार अभियुक्त प,क्राउ
लहान, विभिन्न अपराधमा संलग्न रही फरार रहेका १३८ फरार अभियुक्तलाई सिरहा प्रहरीले प,क्राउ गरी अदालतमा पेश गरेको छ ।
अदालतको फैसला कार्यान्वयन गराउन आव २०७७÷७८ मा ती सबैलाई प,क्राउ गरी अदालतमा पेश गरेको सिरहा प्रहरीले जनाएको छ ।
विभिन्न घटनामा संलग्न रही अदालतबाट तोकिएको कैद सजाय, जरिवाना नतिरी फरार अभियुक्तलाई प,क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
अदालतबाट फैसला भइ फरार रहेकालाई फैसला कार्यान्वयन गराउने क्रममा प,क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभास बुढाथोकीले जानकारी दिनुभयो ।
प,क्राउ परेकामा कर्तव्य ज्यान, हाडनाता करणी, लागुऔषध, सवारी ज्यान, चेक अनादर, अंशवन्डा, सम्बन्ध विच्छेद, कुटपिट र लुटपाट मुद्दामा संलग्न रहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो । आव २०७७÷७८ मा सानो र ठूलो गरी १३ थान हतियार बरामद भएको जनाएको छ ।


