चीन सरकारले बिहीबार सार्वजनिक गरेको ‘ह्वाइट पेपर’मा चीनमा मा,तृमृ,त्यु दर घटेको उल्लेख

बेइजिङ, २८ साउन ,चीनमा मातृमृ,त्यु दर उल्लेखनीयरुपमा घटेको पाइएको छ । चीन सरकारले बिहीबार सार्वजनिक गरेको ‘ह्वाइट पेपर’मा सो कुरा उल्लेख गरिएको छ ।

उक्त सरकारी तथ्याङ्कका अनुसार यहाँ सन् २००२ मा प्रतिएक लाख जीवित जन्ममा ४३।२ प्रतिशत मातृमृ,त्यु दर रहेकोमा सन् २०२० मा आएर १६।९ प्रतिशत मात्र देखिएको छ ।

मातृ मृत्यु प्रतिएक लाखमा मापन गरिन्छ । यहाँ सन् २००२ मा एक लाख आमाले बच्चा जन्माउँदा ४३।२ जना आमाको ज्यान जाने गरेको थियो ।

सो संख्यामा कमी आएर अहिले अर्थात् सन् २०२० मा बच्चा जन्माउने क्रममा अर्थात् प्रसुतिजन्य जटिलताका कारण हाल प्रतिएक लाख आमामा १६।९ जनाको मात्र ज्यान जाने गरेको छ ।

यस तथ्याङ्कलाई चीन सरकारले यहाँका आमाको स्वास्थ्यमा आएको एक उल्लेखनीय प्रगति भनी टिप्पणी गरेको छ ।

चीनको यो तथ्याङ्क सार्वजनिक भए लगत्तै विश्व स्वास्थ्य सङ्गठनले पनि चीनलाई आमा स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय प्रगति गर्ने एक उदाहरणीय राष्ट्रका रुपमा चित्रण पनि गरेको छ ।

यसअघि पनि विश्व स्वास्थ्य संगठनले पनि चीनलाई आमा स्वास्थ्यका क्षेत्रमा धेरै सुधार गरिरहेको राष्ट्रका रुपमा परिचित रहेको भनेको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।