बङ्गुरपालन र सुन्तलाखेती गरेका कृषकलाई रु एक करोडभन्दा बढी अनुदान वितरण

म्याग्दी, २९ साउन,प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले बङ्गुरपालन र सुन्तलाखेती गरेका कृषकलाई रु एक करोडभन्दा बढी अनुदान वितरण गरेको छ ।

सुन्तला र बङ्गुरको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रम लागू भएका ठाउँका कृषकलाई कृषि उपकरण, साना सिँचाइ, नर्सरी स्थापना, गोठ सुधार, क्षमता बिस्तारका लागि कूल लागतको ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिएको हो । परियोजनाले आर्थिक वर्ष २०७७÷७८ मा सुन्तला जोनमार्फत रु ६६ लाख १० हजार ७८६ र बङ्गुर जोनमार्फत रु ३६ लाख ५६ हजार ८०९ अनुदान वितरण गरेको जनाएको छ ।

कृषि अधिकृत विक्रम बस्यालले सुन्तला जोनमार्फत रु तीन लाख २५ हजार ५०० खर्च गरेर ५० प्रतिशत अनुदानमा २० हजार ७०० बिरुवा वितरण गरेर एक हजार ३८० रोपनीमा सुन्तलाखेती बिस्तार गरिएको जानकारी दिनुभयो ।

कृषि यान्त्रिकरण सहयोग कार्यक्रमअन्तर्गत ४० मिनिटेलर, दुई वटा ग्रासकटर, दुई वटा ह्याण्ड स्प्रेयर, २६ वटा पावर स्पेयर, ५६ वटा सिकेचर, ५६ वटा प्रुनिङ सअ र १७ डिजिटल काँटा खरिद गर्न ५० प्रतिशतका दरले रु १२ लाख ५७ हजार ४११ अनुदान उपलब्ध गराइएको छ । ८५ प्रतिशतका दरले कूल रु ५८ हजार ९४९ अनुदान सहयोगमा तीन गोठ सुधार, ८५ प्रतिशतका दरले रु २७ लाख ८० हजार ९३४ सहयोगमा २१ सिँचाइ आयोजना, ७५ प्रतिशतका दरले रु ७१ लाख ४१ हजार ६२९ सहयोगमा पाँच नर्सरी स्रोत केन्द्र स्थापना भएको छ ।

सिगाना, बनौँ, भकिम्ली, दोसल्ले र पात्लेखेतमा नर्सरी स्रोत केन्द्र स्थापना भएको छ । मङ्गला माविमा प्राविधिक शिक्षालयको साझेदारीमा व्यावसायिक उत्पादन कार्यक्रम सञ्चालनमा रु तीन लाख तीन हजार ८६३ खर्च भएको छ । ४७५ प्लास्टिक क्रेट खरिद गर्न ५० प्रतिशतका दरले रु एक लाख ४२ हजार ५०० अनुदान वितरण भएको छ । बेनी, बागलुङ नगरपालिका, जलजला, मङ्गला, मालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको ५२ वडामा सुन्तला जोन कार्यक्रम लागू भएको छ ।

यसैगरी इकाइमार्फत सञ्चालित बङ्गुर जोन कार्यक्रमअन्तर्गत १६ बङ्गुर फार्म तथा कृषकले विभिन्न शीर्षकमा रु ३६ लाख ५६ हजार ८०९ अनुदान पाएका नायब पशु सेवा प्राविधिक बलबहादुर ओलीले जानकारी दिनुभयो ।

बङ्गुर फार्मको नयाँ पूर्वाधार निर्माण, पुराना गोठ सुधार र व्यवस्थापन, गोबरग्यास निर्माण, मासु पसल सुधार गरेका छन् । बेनी नगरपालिका– १ को अर्जम पशुपालन तथा बहुद्देश्यीय कृषक समूहले सुँगुर खोर सुधार गर्न विपन्न वर्ग लक्षित उन्नत बङ्गुरपालन कार्यक्रममार्फत रु पाँच लाख ७६ हजार ७७० अनुदान पाएका छन् ।

अनुदान पाउने अन्य फार्ममा पहिलो कृषि , साजन बङ्गुर तथा साजन फ्रेस हाउस, पुर्जा पशुपक्षी तथा कृषि, समीक्षा एण्ड समीर बङ्गुर , दिपेश बङ्गुर प, सङ्गम पशुपक्षी तथा बङ्गुर , सुनगामा कृषि तथा पशुपक्षी , उर्वसी अर्जम पशुपालन तथा बहुद्देश्यीय कृषि , हेराल बङ्गुरपालन , गौरखी कृषि उद्यम केन्द्र, उद्यमशील कृषि तथा पशुपक्षी , सिर्जना कृषि तथा बङ्गुरपालन , थापा पशुपक्षी कृषि मत्स्यपालन र सिमलचौर बङ्गुर फार्म छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।