द्व,न्द्वपी,डित, ग,र्भवती, सु,त्केरी र ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सेवा

जाजरकोट, द्व,न्द्व,पी,डित तथा विभिन्न लक्षित वर्गलाई नगर बस र एम्बुलेन्स निःशुल्करूपमा प्रयोगमा ल्याइएको छ । चालु आर्थिक वर्षको २०७८÷७९ को नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम यही साउनबाटै रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले बस र एम्बुलेन्समा भाडा नलिने भएको हो ।

विशेष अवस्थाका विभिन्न व्यक्ति र उनीहरूका परिवारलाई यो सुविधा दिने गरी तयारी भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले अहिले तीन नगर बस सञ्चालन गरिरहेको छ भने दुई एम्बुलेन्स चलाउँदै आएको छ  ।

सेवामा सहजता ल्याउन थप दुई नगर बस खरिदको तयारी गरिएको नगरप्रमुख विशाल शर्माले बताउनुभयो  । उहाँका अनुसार ग,र्भवती र सु,त्केरी, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, सशस्त्र द्व,न्द्व तथा जनआन्दोलनका घाइते, अ,पाङ्गता भएका व्यक्ति, शहीद परिवार र शहीद परिवारका सदस्यले यो सेवा निःशुल्क पाउने छन्  । यसैगरी पूर्ण अशक्त, अति अशक्त भएका व्यक्ति र अतिविपन्न परिचयपत्र प्राप्त गरेकालाई पनि निःशुल्क सेवा दिइने छ ।

प्राविधिक नहुँदा काम गर्नै मुस्किल

विद्युतको लाइन विस्तारसँगै प्राविधिकको सङ्ख्या वृद्धि भई काम छिटो छरितो हुनुपर्नेमा दैनिक कर्मचारी अभावले जाजरकोटमा समस्या हुँदै आएको छ ।

११ केभी प्रसारण लाइन सदरमुकाममा आउँदै गर्दा १७ कर्मचारीले धानेको काम अहिले लाइन विस्तार तीव्र भइरहँदा कर्मचारीको सङ्ख्या घटेर १४ जनामा पुगेको छ । कूल दरबन्दी सङ्ख्या ३० भए पनि हाल १४ कर्मचारी कार्यरत छन् । पाँच करार, छ ज्यालादारी र तीन जना स्थायी कर्मचारी जिल्लामा कार्यरत रहेको विद्युत् प्राविधिकरणका प्रमुख विशाल लामिछानेले बताउनुभयो ।

हाल सदरमुकाममा मात्र कार्यालय रहेकाले गाउँमा लाइन विस्तार भएसँगै त्यहाँका उपभोक्ता सदरमुकाम आएर शुल्क तीर्नसमेत समस्या भएको छ ।

रु १०० शुल्क तिर्नका लागि रु एक हजार खर्च गर्नुपर्ने बाध्यता हुँदै आएको छ । विद्युत्को अहिले छेडागाड नगरपालिकाको मोर्क, नलगाड नगरपालिकाको दल्लीमा नयाँ उपशाखा राख्ने तयारी भए पनि कर्मचारी नहुँदा समस्या हुँदै आएको बताइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।