रु २० लाख १६ हजार रकममा निर्माण सम्पन्न गरेको डेढ महिना नबित्दै पर्खाल भ,त्किएपछि

–केदार मगर, खोटाङ, दोर्पास्थित बुवालुङमा सञ्चालित अन्नपूर्ण माविको पर्खाल निर्माण सम्पन्न गरेको डेढ महिना नबित्दै भ,त्किएपछि अहिले सामाजिक सञ्जाल फेसबुकमार्फत निर्माण उपभोक्ता समिति तथा विद्यालयको चर्को आलोचना भइरहेको छ ।

सङ्घीय सरकारको सशर्त अनुदानअन्तर्गत नगरपालिकाबाट गत वर्ष विनियोजित रु २० लाख १६ हजार रकममा निर्माण गरिएको पर्खाल निर्माण उपभोक्ता समितिको लापरवाहीले भत्किएको बताइएको छ ।

“असार २९ गते फरफराक, साउन ७ मा भ,त्कियो । अब भन्नुस् ! यसको जिम्मेवार को हो ?” दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङका गजेन्द्र राईले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “स्कूल प्रशासनलाई सोध्दा थाहा छैन भन्छ । स्कूलको हाताभित्र स्कूल प्रशासनलाई थाहा नदिई निर्माणको काम हुन्छ कि हुँदैन ? जसले गरे पनि कामको दिगोपनाका बारेमा सचेत हुनुपर्छ ।”

भौगोलिक अवस्थाका कारण सो विद्यालयको भवन तल्लो र माथिल्लो गह्रामा निर्माण गरिएका छन् । तल्लो भवनको अगाडि यसअघि नै खेलमैदान निर्माण गरिएको थियो । खेलमैदानको भित्तामा करिब दुई मिटर अग्लो पर्खाल उठाइएको छ ।

नवनिर्मित पर्खाललाई माथिबाट खसेको ढुङ्गामाटोसहितको भलबाढीले पुरेपछि क्षति भएको विद्यालयका प्रधानाध्यापक रेखादेवी बस्नेतले बताउनुभएको छ । “नगरपालिकाबाट प्राप्त बजेमार्फत तत्लो गह्राको खेलमैदानबाट माथिल्लो भवनमा निस्कने सिँढी निर्माण गरिएको थियो”, उहाँले भन्नुभयो, “भलबाढीका कारण सिँढीको दायाँ–बायाँ पनि चर्किएको छ । यस विषयमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।”

उहाँका अनुसार माथिल्लो भवन रहेका डिलमा विद्यार्थीलाई लड्नबाट जोगाउन पेटीजत्रो ढलानमा फलामको खम्बा गाडेर तारजालीको बार हालिएको छ । बिना रड हालिएको उक्त तारजालीको विभिन्न भागको सिमेन्टको जग भलबाढीका कारण चर्किएको र भत्किएको देख्न सकिन्छ ।

विद्यालयका डिलमा निर्माण गरिएका कतिपय खम्बा र तारजाली खेलमैदानको डिलमा झुण्डिएका छन् । निर्माण उपभोक्ता समितिले रकम बचत गर्न सिमेन्टका पर्खालमा जग नहाली माटोमाथि तारजालीको बार हालेका कारण उक्त पर्खाल भत्किएको स्थानीय बासिन्दाले आरोप लगाएका छन्।

माथिल्लो गह्रामा भल जाने ठाउँ नबनाएका कारण वर्षामा जमेको पानीले खोतलेर मुनिका पर्खाल तथा सिँढीमा क्षति पुगेको देखिन्छ । वर्षा सुरु हुनुअघि बनाइएको पर्खाल र सिँढी भलबाढीका कारण जीर्ण बनेको पर्खाल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुमाया थापाले दाबी गर्नुभएको छ ।

विद्यालयको पर्खाल तथा सिँढीको काम गुणस्तरीय र स्टिमेटभन्दा बढी भएको वडाध्यक्ष लीलाकुमार चौहानले जानकारीदिनुभयो । “लगातारको वर्षापछि आएको भलबाढीका कारण विद्यालयको पर्खालमा सामान्य क्षति भएको छ”, उहाँले भन्नुभयो, “पुनः मर्मत गर्न करिब रु ५० हजार खर्च लाग्ने देखिएको छ । भत्किएको विद्यालयको पर्खाल तत्काल मर्मत गर्न उपभोक्ता समितिलाई लगाएको छु ।”

यस वर्ष परेको लगातारको वर्षाका कारण जिल्लाका अधिकांश विकासे योजनाको काममा क्ष,ति पुगेको स्थानीय बासिन्दाले बताएका छन् । विनियोजित बजेट सकाउन आर्थिक वर्षको अन्त्यमा हतारहतार अधिकांश विकास निर्माणका योजनाको काम गर्दा भलबाढीले क्ष,ति पु¥याएको हो । वर्षाका कारण जिल्लामा भएका विकासे योजनाका क्ष,तिमध्ये सबैभन्दा बढी सडकमा पुगेको छ । हिउँदभर निर्माण गरिएका अधिकांश सडक वर्षा लागेसँगै आएको भलबाढीले बगाएको बताइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖