श्रीमतीलाई आ,गो लगाइ ह,त्या गरेका आरोपमा प,क्राउ परेका एक युवकलाई ,आजीवन काराबासको फैसला

लहान, ३० साउन ,सिरहाको औरहीगाउँपालिकाका एक युवकलाई आजीवन काराबासको फैसला सुनाइएको छ । जिल्ला अदालतले श्रीमतीलाई आ,गो लगाइ ह,त्या गरेका आरोपमा प,क्राउ परेका औरही –५ का २६ वर्षीय विनोद यादवलाई शुक्रबार सो सजाय फैसला गरेको हो ।

विनोदले आफ्नी २१ वर्षीया श्रीमती अनितालाई आ,गो लगाई ह,त्या गरेको ठहर अदालतले गरेको थियो । जिल्ला न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले यस्तो फैसला गरेको अदालतले जनाएको छ ।

गत २०७६ माघ १० गते चारित्रिक आरोपमा विनोदले श्रीमतीलाई आ,गो लगाई ह,त्या प्रयास गरेका थिए । आगो लगाएपछि उनीले आफैँले श्रीमतीलाई उपचारका लागि विराटनगरस्थित म्याक्स अस्पताल लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ सिफारिस गरिएको थियो ।

काठमाडौँको कीर्तिपुर मोडेल अस्पतालमा दुई दिनपछि गत माघ १२ गते बिहान अनिताको मृ,त्यु भएको थियो । मृ,तकका बुबा अशोक यादवले जिल्ला प्रहरी कार्यालयमा गत माघ १२ गते विनोदविरुद्ध किटानी जाहेरी दिएका थिए । माघ ११ गते पक्राउ परेका विनोद जिल्ला अदालतको आदेशमा गत फागुन ८ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।

आठ वर्षपछि फरार प,क्राउ

भ्रष्टाचार मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाई फरार नबराजपुर गाउँपालिका–१ का ४६ वर्षीय नागेन्द्रप्रसाद यादवलाई प्रहरीले प,क्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीलाई रु ५० हजार घुस लिँदालिँदै गत २०६८ फागुन १७ मा काठमाडौँमा पक्राउ गरेको थियो । यतिबेला यादव रु ५० हजार धरौटीमा छुटेका थिए । यसपछि विशेष अदालतले २०७० असार ३१ मा भ्रष्टाचार गरेको ठहर गर्दै एक महिना २० दिन कैद र रु ५० हजार जरिवानाको फैसला सुनाएको थियो ।

अदालतको आदेशलगत्तैबाट फरार यादवलाई फैसला कार्यान्वयन गर्न अदालतको निर्देशनअनुसार खोजबिन गर्ने क्रममा करिब आठ वर्षपछि पक्राउ गरी कैद भुक्तानका लागि कारागार पठाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिनुभयो ।

यस्तै प्रतिबन्धित लागुऔषधसहित प्रहरीले एक युवकलाई प,क्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले स१ह ६२५ नम्बरको सिटी रिक्सा जाँच गर्ने क्रममा रिक्साको पछाडि सिटमुनि कालो प्लाष्टिकको झोलामा लुकाइ राखिएको ला,गुऔषध सहित सखुवानन्कारकट्टी गाउँपालिका–३ परिहारपुर निवासी ३० वर्षीय घुरन यादवलाई प,क्राउ गरेको हो।

पक्राउ परेका उनीको साथबाट फेनारगन ९७ एम्पुल, नोफिन ९७ एम्पुल, डाइजिल्याप ९७ एम्पुल लागुऔषध बरामद भएको प्रनाउ बुढाथोकीले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।