रु ११ करोड ५२ लाख १२ हजार ६७६ लागतमा निर्माण हुन लागेको उक्त भवनको आज शिलान्यास

काठमाडौँ, ३० साउन:काठमाडौँ महानगरपालिका वडा नं १६ को कार्यालय भवन शिलान्यास गरिएको छ ।

महानगरपालिकाको रु ११ करोड ५२ लाख १२ हजार ६७६ लागतमा चमती बालाजुमा निर्माण हुन लागेको उक्त भवनको आज नगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले शिलान्यास गर्नुभयो ।

प्रमुख शाक्यले महानगरपालिकाको पहिलो बैठकमा काठमाडौँका सबै वडाभित्र वडा कार्यालय बनाउने निर्णय गरेको स्मरण गर्दै सोहीअनुसार वडा कार्यालय भवन निर्माण अगाडि बढिरहेको उल्लेख गर्नुभयो ।

उहाँले चालु आर्थिक वर्षमा पाँच वडा कार्यालय भवन निर्माण गर्ने बताउनुभयो । उपप्रमुख खड्गीले नयाँ भवन निर्माणसँगै जनताले सहज सेवा प्राप्त गर्नसक्ने हुँदा तोकिएकै समयमा निर्माण सम्पन्न गरिसक्नुपर्ने बताउनुभयो ।

कूल ३२ वडा रहेको महानगरपालिकामा पुराना १२ भवनलाई मर्मतसम्भार गरी सञ्चालनमा ल्याइएको, सात भवन निर्माण भई सञ्चालनमा आइसकेका, आठ भवन निर्माण हुने क्रममा रहेका महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाले जानकारी दिनुभयो ।

वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालले चमती जग्गा एकीकरण आयोजनाबाट रु आठ करोड ५० लाखमा २१ आना जग्गा खरिद गरी भवन निर्माण सुरु गरिएको बताउनुभयो । महानगरपालिकाकै सबैभन्दा ठूलो वडा नं १६ मा ४५ हजार घरधुरी रहेका छन् भने एक लाख ३५ हजारभन्दा धेरै जनसङ्ख्या छ ।

गौरी पार्वती, के एण्ड के र रमिता जेभीले निर्माण गर्न लागेको उक्त भवन साढे छतले हुनेछ । उक्त भवन विसं २०७९ फागुन १५ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।