दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी

नयाँ दिल्ली, भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ ।

अघिल्लो दिनको तुलनामा शनिबारको तथ्याङ्कमा झण्डै दुई हजार कम सङ्क्रमित देखिएको अधिकारीले जनाएका छन् ।

शनिबार विहान सार्वजनिक गरिएको दैनिक तथ्याङ्कअनुसार भारतमा थप ३८ हजार ६६७ जना नयाँ सङ्क्रमित थपिएका हुन । जवकी अघिल्लो दिन ४० हजार १२० जना नयाँ सङ्क्रमित थपिएको विवरण सार्वजनिक गरिएको थियो ।

भारतमा अहिलेसम्म कुल तीन करोड २१ लाख ५६ हजार ४९३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएको छ ।

त्यसैगरी भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८७ हजार ६७३ पुगेको पनि अधिकारीले जनाएका छन् । यो सङ्ख्या कुल सङ्क्रमितको १.२१ प्रतिशत रहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

अघिल्लो दिनको तुलनामा भने यो सङ्ख्या केही धेरै हो । अघिल्लो दिन तीन लाख ३५ हजार २२७ रहेको थियो ।

भारतमा सङ्क्रमणमुक्त भएकाको प्रतिशत ९७.४५ रहेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म तीन करोड १३ लाख ३८ हजार ८८ मानिस सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये ३५ हजार ७४३ जना पछिल्लो २४ हजार सङ्क्रमणमुक्त भएका हुन् ।

त्यसैगरी ४७८ जनाको पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोनाका कारण मृ,त्यु भएकाको कुल सङ्ख्या चार लाख ३० हजार ७३२ पुगेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।