कोरोनाको जो,मिख भन्दै रु ८०० भाडादर भए पनि प्रतिव्यक्ति ५०० देखि रु तीन हजारसम्म भाडा असुल्न थालेपछि

मान्म, ३१ साउन कोरोनाको जो,खिम रहेको भन्दै यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन् । कर्णाली राजमार्गमा चल्ने यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका हुन्।

कालीकोटबाट सुर्खेतको भाडादर रु ८०० भए पनि सुर्खेत आउनका लागि एक व्यक्तिको रु एक हजार ५०० देखि रु तीन हजारसम्म भाडा असुल्ने गरेका छन् । कालीकोटदेखि सुर्खेत जानका लागि कालीकोट नरहरिनाथ गाउँपालिका–९ का अनिल रावलले रु तीन हजार असुल तिरेको बताउनुभयो ।

“कोरोनाका बेला २८ प्रतिशत भाडा वृद्धि गरेको जोड्दा पनि जिपले रु एक हजार २५ लिनुपर्ने हो”, उहाँले भन्नुभयो । कर्णाली करिडोरअन्तर्गत कालीकोटको जितेगडाँडादेखि घाटपारी चौरसम्म जम्मा ३० किलोमिटर सडकखण्डमा लकडाउन अघिसम्म रु ३०० भाडा दर भएकामा गत वर्षको लकडाउनमा रु ५०० र यसवर्ष रु ८०० सवारी भाडा यातायात व्यवसायी आफैले बढाएका छन् ।

सेनाले निर्माण गरेर सो सडक गत असार ३१ गते सडक विभागलाई हस्तान्तरण गरिएको कर्णाली करिडोरमा यात्रुबाहक गाडीले मात्र नभएर मालबाहक मिनी टाटा र ट््याक्टरले पनि मनपरी ढुवानी भाडा असुल्ने गरेको पचालझरना व्यापारी रामबहादुर बोगटीले बताउनुभो ।

आफूकहाँ कसैको गुनासो नआएको र छड्के जाँदा पनि यात्रुले भाडा ठिकै लिएको बताउने गरेको ट्राफिक कार्यालयले जनाएको छ ।

भाडामा मनपरी भएको भन्नेबारे गुनासो सुनिए पनि आधिकारिक जानकारी नआएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनुभयो । “अनौपचारिक रुपमा भाडा बढी लिएको गुनासो आउने गरेको छ”, उहाँले भन्नुभयो, “औपचारिक जानकारी आए कारवाही गर्छाैं ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।