हाइटीमा गएको शक्तिशाली भू’कम्पमा परी ३०४ व्यक्तिको मृ त्यु, एक हजार ८ सय घा’इते
हाइटी । शनिबार गएको ७.२ रेक्टर स्केलको भू’कम्पमा परी मृ त्यु हुनेको सङ्ख्या ३०४ पुगेको प्रहरीले पुष्टि गरेको छ । शनिबारको शक्तिशाली भू’कम्प पछि आइतबार पुनः ५.८ रेक्टर स्केलको नयाँ भूकम्प गएको अमेरिकी भौगर्विक सर्वेक्षण रिपोर्टले जनाएको छ ।
शक्तिशाली घा तक कम्पन आएको एक दिनपछि युरोपेली–भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टर (इएमएससी) ले आइतबार सो कुरा बताएको हो । ग्रीनवीच समय अनुसार बिहान तीन बजे गएको पछिल्लो भू कम्पको केन्द्रविन्दु दक्षिणी शहर लेस केयेसबाट उत्तरपश्चिमी ४१ किलोमिटर (२५ माइल) ३० किलोमिटर गहिराइमा रहेको बताइएको छ ।
शनिबारको भू कम्पमा परी ३०४ जनाको मृ त्यु भएको, करिब एक हजार ८०० व्यक्ति घा इते भएका हाइटीका अधिकारीले पुष्टि गरेका छन् । भू कम्पका कारण एक हजारभन्दा बढी घरहरू भ त्किएका छन् भने कमजोर संरचना भएका केही जेल तथा थुप्रै सामुदायिक विद्यालयलगायतका भवनहरू भत्किएका छन् ।
हाइटीको सरकारले भू कम्पपछिको अवस्थालाई व्यवस्थित गर्न एक महिना लामो राष्ट्रिय स ङ्कटकाल घोषणा गरेको छ ।
यसपहिले सन् २०१० को जनवरीमा हाइटीमा गएको ७.० रेक्टर स्केलको भू कम्पले पोर्ट–अउ–प्रिन्स र नजिकैका अधिकांश शहरहरूमा ठूलो क्ष ति भएको थियो । उक्त भू कम्पमा परी कम्तीमा दुई लाखभन्दा बढी मानिसको ज्या न गुमेको थियो । तीन लाखभन्दा बढी घा इते भएका उक्त घटनामा साढे एक लाखभन्दा बढी हाईटीबासी घरबारविहीन भएका थिए ।


