सरकारले अफगानिस्तानमा रहेका नेपालीको अभिभावकत्व लिने छ; प्रधानमन्त्री
काठमाडौँ, ३२ साउन,प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अफगानिस्तानमा सुरक्षा र उद्धारको प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय गर्ने र अभिभावकत्व लिने जानकारीदिनुभएको छ । उहाँले आज बिहान ट्वीट गर्दै सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निर्वाह गर्ने दृढता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीले अफगानिस्तानमा रहेका नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यकावस्थामा उद्धार प्रबन्ध मिलाउन आइतबार नै निर्देशन दिइएको पनि बताउनुभएको छ ।
अफगानिस्तानको राजधानी काबुलमा रहेको राष्ट्रपति कार्यालय बिद्रोही तालिवानीले कब्जा गरेपछि त्यहाँँ रहेका विदेशी धमाधम स्वदेश फर्किन थालेका छन् भने अप्ठ्यारामा परेका आफ्ना नागरिकलाई विभिन्न देशले उद्धार गरी स्वदेश फर्काइरहेका छन् ।
यो पनि पढ्नुहोस..
डोटी, ३२ साउन ,बाबु बितेर बिचल्लीमा परेका जिल्लाको सायल गाउँपालिका–२ सिर्मागाउँका गणेश ओलीका तीन जना छोरीलाई महिला तथा बालबालिका सेभ हाउस सिलगढीले पढाउने भएको छ । केही दिन पहिले गाउँ नजिकैको जङ्लमा घास काट्न गएका बेला गणेशको भीरबाट लडेर मृत्यु भएको थियो ।
घरमा कमाइ गर्ने एकमात्र अभिभावक बुबाको केही दिन पहिले लडेर मृत्यु भएपछि बिचल्लीमा परेका तीन जना बालिकाको पढाइदेखि अन्य खर्च बेहोर्ने निर्णय गरी उद्धार गरिएको महिला तथा बालबालिका सेभ हाउसका अध्यक्ष जानकी मलासीले बताउनुभयो ।
कैलालीमा रहेको सेभ हाउसमा राखेर उनीहरुको पालनपोषणदेखि पढाइको व्यवस्था मिलाइएको स्थानीयवासी तेज डुम्रेलले जानकारी दिनुभयो । उक्त संस्थाले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा रहेका अभिभावक गुमाएर बिचल्लीमा परेका, एकल तथा आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाको उद्धार गरी पढाउँदै आएको छ ।


