झोलुुङ्गे पुल बगाएपछि येस्तो जो,खिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यता

मान्म, ३२ साउन ,कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–१ कोटबाडा र वडा नं ५ को माल्कोट जोड्ने रहगाडको झोलङ्गे पुल बा,ढीले बगाएपछि काठे पुल तर्न स्थानीयवासी बाध्य छन्।

गतवर्ष आएको बा,ढीले उक्त स्थानको झोलुुङ्गे पुल बगाएको थियो । पुल पुनः निर्माणमा कसैले ध्यान नदिँदा खोला तर्न काठे पुल हालिएकामा त्यो पनि जीर्ण भएको भएको वडा नं ८ का महेश विष्टले बताउनुभयो ।

“नयाँ पुल बनाउनका लागि गाउँपालिकासँग माग गरेका छौँ ।” सोही स्थान निवासी रुप विष्टले भन्नुभयो,“गाउँपालिकाको आधा जनसङ्ख्या वारपार गर्ने पुल नहुँदा जो,खिम मोलेरै खोला तर्नुपर्ने बाध्यता छ ।”

गाउँपालिकालगायत सरोकारवाला निकायसँग पुल निर्माणका लागि लामो समयदेखि माग गरिएकामा कसैले पनि चासो नदिएको वडा नं ६ का रण विकले जानकारी दिनुभयो ।

“झोलुङ्गे पुल निर्माणका लागि हामीले पहल गरेकामा एउटा संस्थामार्फत गरिने भएको छ ।” गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले भन्नुभयो, “प्राविधिक कारणले निर्माणमा केही ढिला भएकामा चाँडै बनाउन ताकेता गरेका छौँ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।