कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा सोमबार ठूलो कमी

नयाँदिल्ली, ३२ साउन ;भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा सोमबार ठूलो कमी आएको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३२ हजार ९७३ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी हुँदै आएको छ । त्यसैगरी सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८१ हजार ९४७ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान जनाएको छ । यो सङ्ख्या गत वर्ष सन् २०२० को मार्चपछिकै सबैभन्दा कम भएको अधिकारीहरुले जनाएका छन् ।

सक्रिय सङ्क्रमितहरुको यो सङ्ख्या कूल सङ्क्रमितमध्येको १.१८ प्रतिशत हो । भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या तीन करोड २२ लाख २५ हजार ५१३ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा ३५ हजार ९०९ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त भएकाहरुको कूल सङ्ख्या तीन करोड १४ लाख ११ हजार ९२४ पुगेको छ । कूल सङ्क्रमितमध्ये ९७.४८ प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन्।

भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृ,त्यु भएकाहरुको कूल सङ्ख्या चार लाख ३१ हजार ६४२ रहेको छ भने तीमध्ये ४१७ जनाको पछिल्लो २४ घण्टामा मृ,त्यु भएको हो ।

यही अगस्त १५ सम्ममा भारतमा ४९ करोड ४८ लाख पाँच हजार ६५२ ओटा स्वाब परीक्षण गरेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । तीमध्ये ११ लाख ८१ हजार २१२ जनाको पछिल्लो एक दिनमा परीक्षण गरिएको हो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖