वर्षेनी खाद्य सङ्कट झेल्दै आएको बारेकोटमा खाद्य सङ्कट टार्न खाद्य बैंक

जाजरकोट, १ भदौ । वर्षेनी खाद्य सङ्कट झेल्दै आएको बारेकोटमा खाद्य बैंक स्थापना गर्न पहल सुरु भएको छ । विश्व खाद्य कार्यक्रम, बारेकोट गाउँपालिका र अन्य दाताको सहयोगमा खाद्य बैंक स्थापना गर्न लागिएको होे । विभिन्न निकायको सहयोगमा खाद्यान्न भण्डारण गरी प्राकृतिक प्रकोपबाट प्रभावित तथा खाद्य सङ्कट परिरहेका नागरिकलाई खाद्यान्न सहायता गर्न खाद्य बैंकको अवधारणा अघि सार्दै काम सुरु गर्न लागिएको छ ।

खाद्य बैंक स्थापनाका लागि विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको प्राविधिक सहयोगमा बारेकोट–२ लिम्सामा सामुदायिक खाद्य बैंक भवनको निर्माणसमेत गरिएको छ ।

भौगोलिक विकटता, यातायातको असुविधा, न्यून खाद्य, उत्पादन, बाढीपहिरो तथा प्राकृतिक प्रकोप, सिँचाइ सुविधा अभाव आदि कारणले वर्षेनी खाद्य सङ्कट व्यहोर्दै आएको बारेकोटमा स्थापना हुन लागेको खाद्य बैंकले विपन्न तथा सङ्कटासन्न परिवारलाई ठूलो राहत पुग्ने गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताउनुभयो ।

विश्व खाद्य कार्यक्रमको नगदमा आधारित पूर्वाधार विकास कार्यक्रमले रु ४१ लाख ९५ हजार ८६५ को लागतमा खाद्य बैंकका लागि दुईकोठे पक्की भवन निर्माण गरेको छ ।

उक्त भवनको एक कोठामा खाद्य भण्डारण गोदाम बनाइनेछ भने अर्को कोठामा कार्यालय सञ्चालन हुनेछ । गाउँपालिकाको समन्वयमा केही समयभित्रै खाद्य बैंक सञ्चालनमा ल्याइनेछ । खाद्य बैंक सञ्चालन तथा व्यवस्थापन कार्यविधिसमेत पारित भइसकेको गाउँपालिकाका निर्मित प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले बताउनुभयो ।

बाढीपहिराबाट प्रभावित एक हजार २३८ परिवारलाई प्रत्यक्ष रोजगारी दिने गरी नगदमा आधारित पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरिएको हो ।

ती परिवारका सदस्यको व्यक्तिगत खातामा कार्यक्रमले रु तीन करोड १५ लाख ३८ हजार ७० भुक्तानी दिएको छ । नगदमा आधातिर पूर्वाधार विकास कार्यक्रमले बारेकोटमा लघुजलविद्युत्, सिँचाइ, बाटो, विद्यालय भवन, खानेपानीलगायतका संरचना निर्माण तथा पुनःनिर्माण गरेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖