जो बाइडेन ;अफगान सेनाले आफ्नो देशका लागि लड्नुपर्थो

वासिङ्टन, १ भदौ अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको राष्ट्रिय सेनाले आफ्नो देशको लागि लड्न नसकेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, अफगान सेनाले आफ्नो देशको लागि आफैँ लड्न सक्नुपथ्र्याे, तर किन लडेन भन्ने कुरा हामीले खोजिरहेका छौँ ।

उनले भने, “जे होस्, गत साताका विकासक्रमले अफगानिस्तानमा अमेरिकी सैन्य सङ्लग्नता अहिले अन्त्य गर्नु उचित निर्णय थियो भन्ने पुष्टि गर्छ ।”

उहाँले सोमबार टेलिभिजनबाट दिनुभएको सन्देशमा सो कुरा बताउनुभएको छ । उहाँले पछिल्लो समयमा अफगानिस्तानको सेनाले अमेरिकाले दिएको तालिम तथा सुविधाअनुसार आफँै लड्न नसकेको बताउँदै आउनुभएको छ ।

उहाँले सोमबार भन्नुभयो, अफगान फौजले उनीहरूकै देश र जनताका लागि पनि जे जसरी लड्न सक्नुपथ्र्याे, त्यो नचाहेको देखियो । अब यसो भएपछि अमेरिकी सैनिक कति समयसम्म त्यहाँ रहेर लड्न सक्छन् ? अब अमेरिकाको भनाइ यो हो कि अब अमेरिकी सेना युद्धमा मर्नु हँुदैन ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको विषयमा उहाँले आफ्नो निर्णयको बचाउ पनि गर्नुभयो । उहाँले यो निर्णयमा आफू कटिबद्ध रहेको पनि बताउनुभयो ।

युद्धग्रस्त अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि अमेरिकाले आलोचना खेपिरहेको छ । तर पनि राष्ट्रपति बाइडेनले भने यो निर्णय सही समयमा गरिएको उचित निर्णय हो भन्नुभएको हो ।

अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेर गएपछि गत आइतबार नै तालिबानीले सत्तामा पुगेका छन् । आइतवार तालिबानले लडाइँ जितेको घोषणा पनि गरेका थिए ।

अफगानिस्तानका तालिबान सशस्त्र विद्रोही पुनःसत्तामा आएसँगै अफगानिस्तानमा करिब २० वर्ष लामो अमेरिकी नेतृत्वको गठबन्धनको उपस्थितिको पनि औपचारिकरुपमै अन्त्य भएको छ ।

तालिबानले महिनौँअघिदेखि देशैभरि आफ्नो नियन्त्रण विस्तार सुरु गरेका थिए । पछिल्ला दिनमा त्यो गति तीव्र बन्यो र उनीहरूले केही दिनभित्रै अफगानिस्तानभरि आफ्नो नियन्त्रण कायम गरे।

यति चाँडै उनीहरु सत्तामा आउलान् भन्ने अनुमान भने नगरिएको अमेरिकी अनुमान थियो । तालिबानको तीव्र विस्तारका बाबजुद पनि स्वयं अफगान सेनाले नै आफ्ना देशका विरुद्धमा लड्न नचाहेको विषयले पनि अहिले नै अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुनु आवश्यक रहेको पुष्टि गरेको बाइडेनले प्रष्ट गर्नुभएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।