गाई को बाच्छी का, टेको अभियोग मा यी ब्यक्ति प,क्राउ
गण्डकी, २ भदौ । गोठबाट गाईको बाछी चोरेर लगी का,टेको अभियोगमा तीन जना प,क्राउ परेका छन् ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार प,क्राउ पर्नेमा बागलुङ निसीखोला गाउँपालिका–६ घर भई पुरन्चौर बस्ने २८ वर्षीय असारी घर्ती, २२ वर्षीय सविन बुढामगर र २१ वर्षीया अस्मिता बुढामगर छन् ।
पोखरा महानगरपालिका–१९ पुरन्चौरका केशरबहादुर अधिकारीका गोठमा बाँधेको क्रस गाईको बाछी का,टेका अभियोगमा उनीहरु मंगलबार प,क्राउ परेका हुन् ।
बाछी चोरी भएको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले खोजतलास गर्दा अधिकारीको घरबाट लगभग दुई किलोमिटर टाढा लगेर काटेको स्थानबाट उनीहरुलाई प,क्राउ गरी थप अनुसन्धान भइरहेको प्रवउ पोखरेलका जानकारी दिनुभयो ।


