शिक्षालाई प्रविधिमैत्री बनाउनका लागि विद्यालयले आफ्नै लगानीमा ‘एक शिक्षक, एक ल्यापटप’वितरण

खेमराज गौतम, गलकोट, ३ भदौ । सूचना प्रविधिको अवसर र पहुँच बढाउने अभिप्रायले बागलुङ जिल्लाको दुर्गम गाउँपालिका निसीखोला गाउँपालिका–१ मा रहेको देवीस्थान माध्यमिक विद्यालयलले सूचना प्रविधिमैत्री बनाउने प्रयास थालेको छ ।

इन्टरनेट सेवाको पर्याप्त पहुँच नभएको गाउँपालिका शिक्षालाई प्रविधिमैत्री बनाउनका लागि विद्यालयले आफ्नै लगानीमा शिक्षकलाई ल्यापटप वितरण गरेको छ । विद्यालयले ल्यापटप वितरण गरे पनि अधिकांश शिक्षक प्रविधिको सीप कौशलका विषयमा अनभिज्ञ छन् । यसकारण शिक्षकलाई कम्प्युटरसम्बन्धी तालिमसमेत विद्यालयले दिएको छ । गत वर्ष आधारभूत कम्प्युटरसम्बन्धी ज्ञान दिए पनि त्यति मात्रै पर्याप्त नभएको शिक्षकहरुले बताएका छन् ।

विद्यालयले ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रमअन्तर्गत १६ जना शिक्षकलाई ल्यापटप वितरण गरेको विद्यालयका प्रधानाध्यापक झगबहादुर क्षेत्रीले बताउनुभयो । रु १० लाखको लागतमा विद्यालयले ल्यापटप वितरण गरेको उहाँको भनाइ छ ।

सूचना प्रविधिको विकाससँगै शिक्षालाई प्रविधिसँग जोड्ने कोसिस गरेको र सुरुमा केही जटिलता भए पनि त्यसलाई विस्तारै सामना गर्दै जाने क्षेत्री बताउनुहुन्छ । यस वर्ष ल्यापटप वितरणसँगै थप तालिम दिइने विद्यालयका प्रधानाध्यपक झगबहादुर क्षेत्रीले बताउनुभयो । प्रअ क्षेत्रीले विद्यालयलाई सूचना तथा प्रविधिमैत्री बनाउनका लागि गत वर्षदेखि शिक्षक स्टाफलाई कम्प्युटरसम्बन्धी तालिम दिइएको र यस वर्ष ल्यापटप वितरणसँगै आवश्यक तालिम दिइने जानकारीदिनुभयो ।

“सूचना प्रविधिको जमानामा, हामीहरु पनि सूचना प्रविधिसँगै परिवर्तन भएर विद्यार्थीलाई त्यही किसिमको शिक्षा दिक्षा दिन जरुरी छ, हामीले गत वर्षदेखि नै शिक्षकलाई कम्प्युटरसम्बन्धी सामान्य ज्ञान दिन थालेका थियौँ”, उहाँले भन्नुभयो, “अहिले विद्यालयमा अध्यापनरत सबै शिक्षक स्टाफलाई ल्यापटप वितरण गरेका छौँ, उहाँहरुलाई कम्प्युटरसम्बन्धी आवश्यक तालिमका लागि चार शिक्षकको टिम बनाएका छौँ ।”

प्रअक्षेत्रीले कोरोना महामारीका समयमा पनि अब विद्यार्थीलाई प्रविधिको प्रयोग गरेरै पठनपाठनलाई तीव्रता दिन सकिने जनाउँदै यसका लागि आवश्यक तयारीसमेत गरेको बताउनुभयो । विद्यालयमा गत वर्ष गाउँपालिकाले इन्टरनेट जडान गरेको छ ।

गत वर्षदेखि नै बालविकासदेखि कक्षा २ सम्म स्मार्ट टिभी प्रयोग गर्दै बालबालिकालाई खेल्दै रमाउँदै सिक्ने वातावरण तयार गरिएको उहाँको भनाइ छ । यस्तै कक्षा ८ देखि १० सम्म प्रोजेक्टरको प्रयोग गरेर नियमित अध्यापन गराउँदै आइरहेको छ । उहाँले सबै कक्षामा स्मार्टबोर्ड र प्रोजेक्टर प्रयोग गरी पठनपाठनलाई तीव्रता दिन लक्ष्य रहेको बताउनुभयो ।

उहाँले अनलाइन कक्षा सञ्चालनका लागि र सबै विद्यार्थीलाई समेट्नका लागि डाटा सङ्कलन गरेको भन्दै विद्यालयले सङ्कलन गरेको विवरणमा धेरै अभिभावकको हातमा स्मार्ट फोन रहेको बताउनुभयो । यस विद्यालयमा कक्षा १२ सम्म पढाइ हुने गर्छ ।

अब कक्षा ८ देखि १२ सम्मलाई तत्कालै प्रविधिसँग जोड्ने र अन्य कक्षालाई पनि विस्तारै जोड्दै जाने विद्यालयले जनाएको छ । विद्यालयमा कम्युटरसम्बन्धी ज्ञान भएका शिक्षक आधा बढी रहेको र अन्यलाई सहयोगको आवश्यकता पर्ने प्रअ क्षेत्री बताउनुभयो । अहिले विद्यालयमा ४१० विद्यार्थी अध्ययनरत छन् । भर्ना अभियान अझै जारी छ ।

विद्यालयका शिक्षक पुरनध्वज गुरुङले अहिलेसम्म चक, डस्टर तथा मार्कले स्वाइट बोर्डमा लेख्दै सिकाउँदै आएकामा अब डिजिटल माध्यमबाटै विद्यार्थीलाई अध्ययापन गराउन सक्ने भएको बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।