ललितपुरस्थित कुम्भेश्वर अर्थात् सर्वेश्वर महादेव मन्दिरको जीर्णाेद्धारपछि, प्रधानमन्त्रीद्वारा उद्घाटन

ललितपुर, ४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरस्थित कुम्भेश्वर अर्थात् सर्वेश्वर महादेव मन्दिरको जीर्णाेद्धारपछि आज उद्घाटन गर्नुभएको छ ।

सो अवसरमा प्रधानमन्त्री देउवासहित पत्नी आरजु राणाले मन्दिर परिसरमा रहेका बङ्गलामुखी देवी तथा उन्मत्त भैरवको समेत पूजाअर्चना गर्नुभयो ।

प्रधानमन्त्री देउवालाई बङ्गलामुखी–कुम्भेश्वर मन्दिरका मूल पुजारी माधवश्याम शर्माले प्रसाद स्वरुप रुद्राक्षको माला लगाई दिनुभयो ।

विसं २०७२ को भूकम्पबाट मन्दिरमा क्ष,ति पुगेको थियो । भूकम्पले पाँचतले मन्दिरको तीन तलामा क्षति पु¥याइएको थियो । डेढ महिनाअघि निर्माण सम्पन्न भएपनि आजको साइतमा माथिल्लो तलामा गजूर राखिएको पूजारी शर्माले बताउनुभयो ।

मन्दिरमा राखिएको गजूर, छत्र, झलर, कमलको फूल र उत्खनन गरिएका दुईवटा त्रिशूल तथा २५ तोला सुनको जलप लगाइएको टोल सुधार समितिका उपाध्यक्ष वसन्त खड्गीले बताउनुभयो ।

मन्दिर जीर्णाेद्धारको ठेक्का धर्मेश तुलसी ड्रामा ज्वाइन्ट भेन्चरले भ्याटसहित रु दुई करोड ८५ लाखमा लिएको थियो । मन्दिरको चौथो तला छतमा २० गेजको तामा हालिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।