मनपरी भाडा असुल्दै हुम्लाका सार्वजनिक सवारी

सिमकोट, ४ भदौ । हुम्लाको सदरमुकाम सिमकोटदेखि आसपास क्षेत्रका गाउँसम्म सञ्चालन हुँदै आएका सार्वजनिक सवारीले मनपरी भाडा लिने गरेको छ ।

सिमकोटदेखि खार्पुसम्म जम्मा ११ किलोमिटर दूरीमा यहाँका जीप तथा बोलेरो जीप चालकले रु ५०० सम्म भाडा लिन थालेको स्थानीयवासी कुम्मेर हमालले गुनासो गर्नुभयो ।

लकडाउनअघि रु ३५० भाडा लिएको ठाउँमा अहिले रु ५०० सम्म लिन थालेका छन् । तोकेको भाडा नदिए चालकले लैजान नमान्ने गरेको हमालको गुनासो छ ।

सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालले नछोएको भए पनि सिमकोटदेखि अन्तरपालिकासम्म सञ्चालन हुँदै आएका छोटो दूरीका यातायातले मनपरीरुपमा यात्रुबाट भाडा लिन थालेका छन् । व्यवसायीले आफूहरूलाई टिकटसमेत नदिने गरेको यात्रुले बताएका छन् ।

“मनपरी भाडा असुल्नेलाई कसैले कारबाही गर्दैन, जसलाई जति मन लाग्यो, त्यति भाडा असुल्दा भएकै छ”, हमालले भन्नुभयो ।

गाडी चालकले कोरोना सङ्क्रमणबाट बच्ने कुनै उपाय प्रयोग गरेको देखिँदैन, सिटभन्दा बढी यात्रु बोकेर हिँड्ने गरेका कारण कोरोना फैलिने डर निकै बढेको छ ।

जीप चालकले यात्रुबाट बढी भाडा लिने गरेका विषयमा अनुगमनसमेत नभएको पाइन्छ । सदरमुकाम सिमकोट मात्रै ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको भए पनि सदरमुकाम बाहिर सम्बन्धित निकायबाट अनुगमन नहुनुले यात्रुलाई थप समस्या निम्त्याएको छ ।

भाडा बढी लिएका विषयमा सम्बन्धित सरोकारवाला निकायले कुनै चासो नराखेको हमालले गुनासो गर्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।