रुकुम (पूर्व) का सबै आइसोलेशन खाली

रुकुम(पूर्व), ५ भदौ ।कोरोना सङक्रमित बिरामीका लागि बनाइएका यहाँका आइसोलेशन वार्ड अहिले खाली भएको छ ।

पछिल्लो समय भूमे गाउँपालिको आइसोलेशन र रुकुम ९पूर्व० अस्पतालको आइसोलेशनका सङ्क्रमित डिस्चार्ज भएकाले त्यहाँका वार्ड खाली भएका हुन् । सिस्ने गाउँपालिकाले भने आइसोलेशन अस्पताललाई नै हस्तान्तरण गरेकामा त्यहा कोभिड सङ्क्रमितको उपचार हुँदै आएको छ ।

जिल्लास्थित सबै आइसोलेशनमा रहेका सङ्क्रमित निको भई डिस्चार्ज भइसकेका र नयाँ सङ्क्रमित भर्ना नभएकाले साउन ३२ गतेदेखि नै ती वार्ड खाली भएको स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति नीमप्रसाद गीरीले जानकारी दिनुभयो । पुथाउत्तरगङ्गा गाउँपलिकाको आइसोलेशन भने यसभन्दा अगााडि नै खाली भइसकेको थियो ।

अहिले जिल्लामा २५सक्रिय सङ्क्रमित रहेका र उनीहरू सबै होम आइसोलेसशनमा छन् । उहाँका अनुसार कोरोनाको दोस्रो लहर सुरु भएयता हालसम्म ५४१ मा कोरोना पोजेटिभ देखिएकामा ५१० निको भइसकेका र १३ को मृत्यु भएको थियो । पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमित घट्दै गएको पाइएको छ ।

अस्पतालसहित जिल्लाका तीनवटै गाउँपालिका र विभिन्न स्वास्थ्यचौकीबाट कोरोनाको परीक्षण भइरहेकामा सङ्क्रमित घट्दै गएकाले परीक्षणको दायरा पनि घटाइएको छ । अहिले अस्पतालमा मात्रै दैनिक परीक्षण भइरहेको स्रोतव्यक्ति गीरीले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।