जनैपूर्णिमाका लागि ढोरबराहा मन्दिर हिँडेका दर्शनार्थी बाटोमै अलपत्र

बलेवा, ६ भदौ । भुजीखोलामा आएको बा,ढीले कच्ची सडकमा क्ष,ति पु¥याएपछि जनैपूर्णिमाका लागि ढोरबराहा मन्दिर हिँडेका दर्शनार्थी बाटोमै अलपत्र परेका छन् । बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित बोबाङको भुजी खोलामा आएको बा,ढीले बुर्तिवाङ–ढोरपाटन सडकको ठाउँ–ठाउँमा क्षति पु¥याएको छ ।

शनिबार बिहानै बुर्तिवाङ बजारबाट ढोरपाटनतर्फ लागेका दर्शनार्थीमध्ये केही पैदल त केही सवारी साधनमा थिए । कोरोना महामारीका कारण जिल्ला प्रशासन कार्यालयले शुक्रबार नै पुनः निषेधाज्ञाको आदेश जारी गरेको थियो ।

यसअघि जारी निषेधाज्ञा भदौ ५ गतेसम्म जारी रहेकामा ६ गतेदेखि अवरोध नहुने आशामा स्थानीयवासीले आज पूर्णिमाका दिन ढोरवराहमा पूजाको कार्यक्रम गर्ने योजना बनाई प्रचार प्रसारसमेत गरेका थिए ।

शुक्रबार नै थप निषेधाज्ञाको आदेश जारी हुनाका साथै बा,ढीले पनि सडक अवरुद्ध गराएकाले यस वर्ष दर्शनार्थको कार्यक्रम बिथोलिएको हो । ढोरपाटनमा तीन दिनयता निरन्तरको वर्षाका कारण बोबाङको दुवाल, भुसण्डे, सुप्राङलगायत स्थानको सडकखण्ड बाढीले सडक बगाउनका साथै कतिपय स्थानमा खोला नै बगिरहेकाले पूजा गर्न जान कठिन भएको स्थानीय यात्री हेमलाल गैरेले जानकारी दिनुभयो ।

एउटा स्काभेटरले काम गरिरहे पनि आजसम्म खुलाउन सकेको छैन । अहिले पनि १५ जीप, २५ मोटरसाइकल बाटो खेलेपछि ढोरपाटन जाने पर्खाइमा छन् । ढोरपाटन शिकार आरक्ष क्षेत्रस्थित उक्त मन्दिरमा जनै पूर्णिमाका दिन ठूलो मेला लाग्दै आएको छ

नगरपालिका, निसीखोला गाउँपालिका र छिमेकी जिल्ला रुकुमबाटसमेत दर्शनार्थी पूजाका लागि ढोरबराह पुग्ने गरेका थिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।