महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा बागलुङमा सबैभन्दा धेरै बेरुजु

बलेवा, ६ भदौ । बागलुङको दुई स्थानीय तहको बेरुजु फछर्यौटमा केही सुधार आएको छ ।
महालेखा परीक्षकको कार्यालयले यसअघि सार्वजनिक गरेको प्रतिवेदनमा सबैभन्दा धेरै बेरुजु देखिएका बागलुङका बरेङ गाउँपालिका र ताराखोला गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा भने बेरुजु प्रतिशतमा करेक्सन (सुधार) गरेका हुन् ।

आर्थिक वर्ष २०७५÷०७६ को प्रतिवेदनमा बरेङमा ५.२२ प्रतिशत र ताराखोलामा ५.२० प्रतिशत बेरुजु देखिएकोमा आव २०७६÷०७७ मा त्यसलाई सुधार गर्दै बरेङमा ०.४२ प्रतिशत मात्रै बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । यो जिल्लाका १० वटै स्थानीय तहमा देखिएको बेरुजुमध्ये सबैभन्दा कम हो । बरेङमा रु ६६ करोड ३७ लाख ३९ हजार लेखा परीक्षण हुँदा रु २७ लाख ७६ हजार बेरुजु देखिएको छ ।

ताराखोला गाउँपालिकाले अघिल्लो प्रतिवेदनमा भन्दा धेरै सुधार गरेको छ । ताराखोलामा १.६१ प्रतिशत बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । जिल्लाका १० स्थानीय तहमध्ये ढोरपाटन नगरपालिकामा सबैभन्दा धेरै बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा ढोरपाटन नगरपालिकामा ६.७६ प्रतिशत रकम बेरुजु देखिएको हो ।

आव २०७६÷०७७ मा ढोरपाटन नगरपालिकामा छ करोड २५ लाख १८ हजार रुपैयाँ बेरुजु देखिएको छ । बेरुजु धेरै हुनेमा बागलुङ नगरपालिका दोस्रो बनेको छ । बागलुङ नगरमा १.६४ प्रतिशत बेरुजु देखिएको छ ।

बागलुङमा रु दुई अर्ब पाँच करोड ६५ लाख ३४ को लेखा परीक्षण रकम रहेकामा रु तीन करोड ३६ लाख ३७ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । काठखोला गाउँपालिका र ताराखोला गाउँपालिकामा समान १.६१ प्रतिशत बेरुजु देखिएको छ । जैमिनीमा नगरपालिकामा १.१४ प्रतिशत बेरुजु छ ।

तमानखोला गाउँपालिकामा १.५१ प्रतिशत बेरुजु देखिएको छ । ४९ करोड ९३ लाख ७१ हजार लेखा परीक्षण रकम रहेकामा ७५ लाख ५९ हजार रुपैयाँ बेरुजु देखिएको छ । निसीखोला गाउँपालिकामा ०.९४ प्रतिशत बेरुजु देखिएको छ । ७५ करोड ७४ लाख नौ हजार लेखा परीक्षण रकम रहेकामा ७१ लाख २६ हजार रुपैयाँ बेरुजु देखिएको छ । गलकोट नगरपालिकामा ०.८७ प्रतिशत बेरुजु देखिएको छ ।

रु एक अर्ब ३३ करोड ७६ लाख ४८ हजारको लेखा परीक्षण हुँदा रु एक करोड १६ लाख ६० हजार बेरुजु देखिएको छ । बडिगाड गाउँपालिकामा ०.७२ प्रतिशत बेरुजु देखिएको छ । त्यहाँ एक अर्ब २४ करोड ४९ लाख छ हजार लेखा परीक्षण रकम रहेकामा ८९ लाख ९२ हजार रकम बेरुजु देखिएको हो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।