अव्यवस्थित भीड र भागदौडका कारण काबुल विमानस्थल वरपर सात व्यक्तिको मृ,त्यु

लन्डन, ६ भदौ ।काबुल विमानस्थल नजिकै भएको अव्यवस्थित भीड र भागदौडका कारण कम्तीमा सात जना अफगान नागरिकको मृ,त्यु भएको बेलायती रक्षा मन्त्रालयले आइतबार जनाएको छ ।

हजारौं मानिसले देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल वरपर ठूलो भीड लाग्ने गरेको र अव्यवस्थाबीच सात अफगान नागरिकले ज्यान गुमाएका छन् ।

मन्त्रालयका प्रवक्ताले भने, “काबुलमा भीडमासात अफगान नागरिकहरूको ज्यान गएको छ । हामी पिडित परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।”

संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रहरूले तालिबानले सत्ता कब्जामा लिएदेखि हप्तामा उद्धार उडानमा जान प्रयास गरिरहेका मानिसहरूको ठूलो संख्याको सामना गर्न संघर्ष गरिरहेका छन् ।

प्रवक्ताले भने, “काबुल, काबुल विमानस्थल र वरपरको अवस्था अत्यन्तैै चुनौतीपूर्ण रहेको छ तर यथासम्भव मानिसहरूको सुरक्षित व्यवस्थापन गर्न हामीले सक्दो प्रयास गरिरहेका छौं ।”

बेलायती रक्षा मन्त्री बेन वालेसले आइतबार बेलायत पत्रिका मेलसँग भन्नुभयो, “अगस्त ३१ को अमेरिकी समय सीमा अगाडि ‘कुनै पनि राष्ट्रले सबैलाई पूर्णतया बाहिर निकाल्न सक्दैन’।”

उहाँले थप्नुभयो, “सायद अमेरिकीहरूलाई लामो समयसम्म रहने अनुमति दिइनेछ र उनीहरूले त्यसो गरेमा उनीहरूलाई हाम्रो पूर्ण समर्थन हुनेछ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।