बा,ढीका कारण ४५ घर जो,खिममा

म्याग्दी, ७ भदौ । बेनी नगरपालिका–३ भकिम्लीको दूधेखोलामा आज बिहान बा,ढीले एक घर बगाएको छ । बा,ढीका कारण ४५ घर जो,खिममा परेका छन् । भकिम्लीको चिनाखेत, तोराखेत र लरेनीको सिमानामा पहिरो खसेर दूधेखोलामा आएको बा,ढीले कटान गरेर घर, सडक र खानेपानीको पाइप बगाउनाका साथै जोखिम बनाएको हो ।

वडा नं ३ भकिम्लीका वडा सदस्य गेमप्रसाद घर्तीले बा,ढीले बगाएर दिपा पुनको घर पूर्ण क्ष,ति भएको जानकारी दिनुभयो । “नारायण पुन र तिलाराम थापाका घर उच्च जो,खिममा छन्”, उहाँले भन्नुभयो “दूधेखोलाको दाँयाबायाँ किनारमा रहेका ४५ घरधुरी भएको बस्ती नै बा,ढीको जो,खिममा परेको छ ।” नारायणको गोठमा बाँधेको दुहुना भँैसी भाग्ने क्रममा बा,ढीले बगाएर मरेको छ ।

करिब सात सय मिटरको दुरीमा बा,ढीले बस्तीतर्फ कटान गरेको छ । कोप्रेतर्फ पनि कटानको जो,खिम छ । बा,ढीका कारण बेनी नगरपालिका र मङ्गला गाउँपालिकाका चार वडालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–बरङजा सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा भकिम्ली, सुर्केमेला, बास्कुना, थामडाँडा र बरङजा सिधायातायात सम्पर्क विच्छेद भएको छ । सो क्षेत्रका किसानलाई बेनीमा दूध ढुवानी गर्न समस्या भएको छ । खानेपानी र सिँचाइका पाइप बा,ढीले बगाएको छ । हल्लेगौँडाको पहिराका कारण दूधेखोला–हल्लेगौँडा–डाडाँखानी हँुदै भकिम्ली जोड्ने सडक गत जेठ देखि नै अवरुद्ध छ ।

दूधेखोलाको बा,ढीले म्याग्दी खोला बग्ने ठाउँलाई साँघुरो बनाउँदा तलाउ बनेको छ । तलाउका कारण चुत्रेनीमा डुबान र कटानको जो,खिम बढेको छ । राति १ः०० बजे भू,कम्प जाँदाको जस्तो कम्पन आएपछि घर बाहिर निस्किँदा बा,ढी आएको देखेको र सुरक्षित ठाउँमा गएर रात कटाएको स्थानीयवासी ओमबहादुर घर्तीमगरले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।