जलविद्युत् आयोजनाको ड्यामसाइटमा ठूलो प,हिरो
सिन्धुपाल्चोक, ८ भदौ ।पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ लाँगर्चे इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटमा ठूलो प,हिरो गएको छ ।
गए राति ९ बजे गएको प,हिरामा मेगा बैंकमा कार्यरत कर्मचारीको एक मोटरसाइकल पुरिएको छ भने मानवीय क्षति भने नभएको स्थानीयवासी राजन भुजेलले जानकारी दिनुभयो ।
अहिले पनि प,हिरो निरन्तर खसिरहेकाले जोखिम रहेको जलविद्युत् आयोजनाका प्रमुख मानोलक श्रेष्ठले जानकारी दिनुभयो ।
निरन्तरको वर्षापछि आएको प,हिराले मेलम्ची भेताङग जोड्ने मोटरबाटोमा पनि क्ष,ति पुगेको छ। यस क्षेत्रमा पैदल हिँड्न्समेत अति डरमर्दो अवस्था रहेको भुजेलले बताउनुभयो ।
असार १ र त्यसपछिका बा,ढी प,हिराले यस सडकमा यातायातका साधन चलेका छैनन् । पहिरो ठूलो भएको, पुल बगाएको तथा जताततै सडक क्षति भएकाले मर्मतमा समस्या भएको गाउँपालिकाले जनाएको छ ।


