अवरुद्ध लोकमार्ग खुल्यो
बलेवा, ८ भदौ । वर्षासँगै आएको बा,ढी प,हिराका कारण बागलुङका मुख्य राजमार्ग अवरुद्ध हुँदै आएका छन् ।
दुई दिनदेखिको लगातारको झरीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ नगरपालिका–३ स्थित बोक्से र कालिगण्डकी करिडोरको फुर्से खोलामा पहिरो खसेका कारण सडक अवरुद्ध भएकामा अहिले खुलाइएको हो ।
कालीगण्डकी करिडोरमा भने प,हिरो पन्छाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख बद्रीप्रसाद तिमिल्सिनाले बताउनुभयो ।
बोक्सेमा खसेको प,हिराले सडक अवरुद्ध भएकामा प्रहरी र लोकमार्ग आयोजनाको पहलमा सडक खुलाइएको हो । सडक खुलेपछि सोमबार बेलुकीदेखि अलपत्र परेका यात्री गन्तव्यतर्फ लागेका छन्।


