दुई देशका परिचयपत्र फेला परेपछि एक जना प,क्राउ

सप्तरी, ९ भदौ । दुई देशका परिचयपत्र फेला परेपछि एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका—२ का प्रमोदकुमार मण्डल छन् ।

नेपाली नागरिकता, मतदाता परिचयपत्रका साथै भारतीय आधार कार्ड फेला परेपछि उनलाई अनुसन्धानका लागि प,क्राउ गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अभियुक्तलाई अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले जानकारी दिनुभयो ।

जिप्रकाबाट २०६२ साल भदौ १७ गते उनले लिएको नागरिकता प्रमाणपत्र नं ६६७३ छ । जन्ममिति २०४६ साल जेठ २३ गते रहेको उनको मतदाता परिचयपत्र ०६७४५८७४ छ ।

उनीसँग फेला परेको भारतको आधार कार्डमा भारतीय ठेगाना पिप्रा खुर्द विष्णुपुर–६ सुपौल सरायगढ भपटियाही विहार ८५२१०५ उल्लेख छ । दुवै परिचयपत्रमा उमेर करिब एक वर्ष फरक देखिन्छ ।

ब,लात्कार आरोपमा इञ्जिनीयर थुनामा

सप्तरीकी २४ वर्षीया महिलालाई ब,लात्कार गरेका आरोपमा एक इञ्जिनीयर पुर्पक्षका लागि राजविराज कारागार चलान भएका छन् । अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ का २५ वर्षीय राकेशकुमार चौधरीलाई पुर्पक्षका लागि आज कारागार पठाइएको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताउनुभयो ।

पीडित महिलालाई २०७८ साल वैशाख २ गते चौधरीले ब,लात्कार गरेको जनाउँदै इलाका प्रहरी कार्यालय कञ्चनरूपमा गत साउन १४ गते उजुरी दर्ता भएको थियो । गाउँपालिकाकै महुली चोकमा भेट्न बोलाई अग्निसाइर कृष्णसवरण–१ सखुवा तीनमुखेस्थित जङ्गलमा लगेर पर्सा, वीरगञ्ज महानगरपालिकाका इञ्जिनीयर चौधरीले बलात्कार गरेको पीडितले आरोप लगाउनुभयो ।

इलाका प्रहरी कार्यालय कञ्चनरूपले साउन १५ गते उजुरी दर्ता गरी सोही दिन आरोपितलाई प,क्राउ गरेको थियो । आरोपितले बिदामा घर आउँदा भेट भएको जनाउँदै पीडितले आफूलाई लगाएको आरोप झुटो भएको जिकिर गर्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।