हिलो सडकमा हिँडन बाध्य नगरवासी नगर क्षेत्रका सडक डु,बानमा

राजविराज, ११ भदौ । ढल निकासको उचित व्यवस्था नभएका कारण सामान्य झरी परेको बेलामा पनि सप्तरीको राजविराज नगरपालिका क्षेत्रका सडक डुबानमा पर्ने गरेका छन् । सडक डुबानका कारण नगरवासीलाई आवतजावत गर्न समस्या हुने गरेको छ ।

राजविराज नगरपालिकाको विकास कार्यले गति लिन नसक्दासमेत यहाँका सडक वर्षायाममा डुबान हुने गरेको पाइन्छ । मुलुककै पहिलो टाउन प्लानिङ सहरका रुपमा रहेका राजविराज नगरपालिका भारतको गुलाबी नगरले चिनिएको जयपुरको नक्सामा आधारित भएर यसको विकास गर्ने लक्ष्य लिएको थियो ।

विसं २०१६ मा घोषणा भएको राजविराज नगरपालिका विगत दुई÷तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण जलमग्न छन् । नगर प्रवेश गर्ने रुपनी सडक, कञ्चनपुर सडक, छिन्नमस्ता सखडा जाने सडक, हनुमाननगर सडक, सिरहा सडकलगायत अधिकांश भित्री सडकका विभिन्न ठाउँमा सानो÷सानो खाल्डो भएको ठाउँमा पानी जमेका छन् । सडकमा रहेका त्यस्ता खाल्डाखुल्डीले गर्दा सडक हुँदै बग्ने पानीले पनि साना–ठूला सवारी साधान मात्र होइन, पैदल हिँड्ने मानिसलाई समेत सकस भएको छ ।

पानी निकासका लागि ढलको उचित व्यवस्थापन हुन नसक्दा सडकमा रहेका ठूलाठूला खाल्डामा पानी जमेर सवारी साधन गुड्न निकै समस्या हुने गरेको गाडी चालक बताउँछन् । मुख्य बजार क्षेत्रकै सडक पनि जीर्ण भएका कारण दर्जनौँ खाल्डा रहेका छन् । लगातारको वर्षाले नगरका सबै सडकमा पानी जमेको छ भने सडक हिलाम्मेसमेत बनेका कारण पैदल आवतजावत गर्दा हातमा चप्पल तथा जुत्ता बोक्नुपर्ने बाध्यता रहेको पैदल यात्रीले गुनासो गरेका छन् ।

राजविराजको पानीट्याङ्की सडकदेखि राममन्दिरसम्म समान्य वर्षामा पनि पूरै सडक हिलाम्मे हुने गरेका छन् । फलस्वरुप सवारी साधन र सर्वसाधारण मानिसलाई हिडनसमेत सास्ती भग्नुपर्ने बाध्यता रहेको राजविराजका श्रवण दासले बताउनुभयो । एकातिर सडकमा जताततै खाल्डाखुल्डी अर्कोतिर जमेको पानी निकासको व्यवस्था नहुँदा आवागमनमा समेत निकै समस्या हुने गरेको पाइएको छ । नाला निर्माण भइरहेका ठाउँमा पनि पानीको निकास नहुँदा नगरवासी थप समस्यामा परेको बताइएको छ ।

जथाभावी फालिएको फोहरको उचित व्यवस्थापन हुन नसक्दा अहिले सडकमा जमेको पानीमा ती फोहर मिसिएर फैलिँदा रोग समेत फैलिन सक्ने सम्भावना बढेको राजविराज नगरपालिका–३ का बिन्दु चौधरीले बताउनुभयो । नगरपालिकाको विकास कार्य कछुवा गतिमा भइरहेको हुँदा अहिले फोहरका कारण नालाहरु समेत पुरिएको अवस्थामा रहेको स्थानीयवासीको भनाइ छ ।

शहर अव्यवस्थित हुदा सुख्खायाममा धुलो र वर्षायाममा पानी र हिलाम्मे हुने गरेका कारण नगरवासीलाई सास्ती व्यहोर्नु परेको छ । सडक दुरावस्थाबारे जनप्रतिनिधि, सडक विभाग र ठेकेदार सबै चुप लागेर बस्दा नगरवासी सास्ती खेप्न बाध्य छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।