सडकमा जथाभावी फोहोर थुप्रिँदा बढ्यो दु,र्गन्ध

झापा, १२ भदौ । ल्याण्डफिल्ड साइटको व्यवस्था नहुँदा विर्तामोड नगरपालिमा १२ दिनदेखि फोहर मैला सडक किनारमा जथाभावी थुप्रिँदा दुर्गन्ध बढ्न थालेको छ । विगतमा पूर्वपश्चिम राममार्गको आसपास, डोमालाल रङ्गशालाको पश्चिमी भाग र देउनिया खोला किनारमा खाल्डो खनेर पुरिने गरेको फोहरमैला अहिले सडक किनारमै थुप्रिँदा दुर्गन्ध बढेको हो ।

केही दिनदेखि लगातार परेको वर्षाका कारण फोहर पुर्न खनिएको खाल्डोमा दुई फिटमै जमिनमुनिको पानीसमेत निस्कने हुँदा समस्या भइरहेको बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश शिवाकोटीले बताउनुभयो । “फोहर व्यवस्थापनका लागि नगरपालिकाले ठेक्का लगाए पनि ठेकेदार कम्पनीलाई जमिन उपलब्ध गराउन नसक्दा फोहर जताततै थुप्रिएको हो । “जमिनको व्यवस्था नभएसम्म विगतमा जस्तै खाली स्थानमा खाल्डो खनेर पुर्न खोज्दा पानी निस्केर समस्या भयो”, उहाँले भन्नुभयो, “कोरोनाभन्दा पनि जटिल समस्या फोहरमैलाको बन्यो ।”

नगरपालिकाले सर्वदलीय भेलाबाट नै ल्याण्डफिल्ड साइटको व्यवस्थापनका लागि बिर्तामोड–४ का वडाध्यक्ष कुलप्रसाद सङ्ग्रौलाको संयोजकत्वमा फोहरमैला विर्सजनस्थल अध्ययन तथा छनोट समिति बनाएको छ । समितिमा शिवाकोटसहित विभिन्न राजनीतिकका दलका प्रतिनिधि रहेका छन् । समितिले समेत तत्काल जग्गा व्यवस्थापन गर्न नसक्दा फोहरमैला व्यवस्थापनमा ठेक्का लिएको ठेकेदार कम्पनीले काम गर्न नसकेको नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले बताउनुभयो ।

नगरपालिकाले दुई महिनाअघि मात्र काडमाडौँकोे निराकर सरसफाइ सेवा प्रालिलाई तीन वर्षका लागि रु १० लाख धरौटी रकम लिएर फोहर व्यवस्थानको जिम्मा दिएको थियो । प्रवक्ता पाण्डेका अनुसार दैनिक नगरबाट २० ट्र्याक्टर फोहरमैला उत्पादन हुने गरेको छ ।

उहाँले समितिले व्यवस्थाका गरेको जग्गामै स्थानीयवासीको सहमतिमा ल्याण्डफिल्ड साइट बनाइने बताउनुभयो । उहाँले भन्नुभयो, “ठाउँ–ठाउँमा जग्गाको व्यवस्थापन ग¥यौँ । तर सोही क्षेत्रका स्थानीयवासीको विरोधका कारण बन्न सकेन । हामी निरन्तर प्रयास गरिरहेका छौँ”, उहाँले सकेसम्म सडकमा फोहरमैला नफ्याँकी घरबाट निस्किएको फोहरलाई आफैँ व्यवस्थापन गरेर केही समयका लागि सहयोग गरिदिन सबैसँग आग्रह गर्नुभयो ।

जथाभावी फ्याँकिएको फोहरमैलाको थुप्रोको तस्वीर खिचेर यतिबेला सर्वसाधारणले नै सामाजिक सञ्जालमा पोस्ट गर्दै कोरोना भाइरस महामारीबीच समयमा फोहर व्यवस्थापन नुहँदा त्यसले अन्य सरुवा रोग निम्त्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । त्यसैगरी, भद्रपुर, मेचीनगर नगरपालिकासँग समेत व्यवस्थित ल्याण्डफिल्ड साइट नहुँदा फोहरमैला व्यवस्थापन खोला किनार र खाली जग्गामा गर्दै आएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।