भारतमा झण्डै ४३ हजार जना कोरोना भाइरसबाट सङ्क्रमित

नयाँदिल्ली, १४ भदौ । भारतमा कोरोना भाइरसबाट थप झण्डै ४३ हजार जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४२ हजार ९०९ जना नयाँ सङ्क्रमित भएका थिए । सोही अवधिमा ३८० जनाको मृ,त्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरि सङ्क्रमितमध्ये केरालामा मात्रै २८ हजार ८३६ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । सोही अवधिमा केरलामा ७५ जनाको मृ,त्यु भएको छ ।

कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म चार लाख ३८ लाख २१० जनाको मृत्यु भएको छ । तीमध्ये ३८० जनाको पछिल्लो एक दिनमा मृ,त्यु भएको हो ।

प्रदेशअनुसार हेर्दा एक दिनमा सबैभन्दा बढी महाराष्ट्रमा मानवीय क्षति भएको छ । महाराष्ट्रमा १३१ जनाको मृ,त्यु भएको छ भने ओडिसामा ६७ जना र अरु प्रदेशहरुमा १०७ मृ,त्यु भएको अधिकारीहरुले जनाएका छन् ।

भारतमा अहिलेसम्म कूल तीन करोड २६ लाख ९५ हजार ३० जना सङ्क्रमित भएका मन्त्रालयले जनाएको छ । कूल सङ्क्रमितमध्ये तीन लाख ७६ हजार ३२४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या कूल सङ्क्रमितमध्येको १.१५ प्रतिशत हो ।

अहिलेसम्म कूल तीन करोड १९ लाख २३ हजार ४०५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये ३४ हजार ७६३ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।