अक्सिजन प्लान्ट स्थापना गरिँदै

बनेपा, १५ भदौ । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । यसका लागि जनप्रतिनिधि, कर्मचारी, शिक्षक, उद्योगी, व्यवसासी, बुद्धिजीवी र रोजगारीका सिलसिलामा विदेशमा रहेकाबाट रकम सङ्कलन अभियान अगाडि बढाइएको छ ।

गाउँपालिकाका अध्यक्ष दीननाथ गौतमका अनुसार अभियानमा हालसम्म करिब ७० लाख सङ्कलन भइसकेको छ । उहाँले गाउँपालिकामा अक्सिजनको अभाव हुन नदिन प्लान्ट स्थापना गर्ने अभियान अगाडि बढाएको बताउनुभयो । चौँरीदेउराली–५ स्थित धुसेनी शिवालय प्राथमिक अस्पतालमा प्लान्ट बनाउन लागिएको हो ।

अहिले सो प्लान्टको निर्माणका लागि रु एक करोड ३७ लाखमा ठेक्का आह्वान भइसकेको र सम्झौतापछिको दुई महिनाभित्रमा निर्माण भइसक्ने उहाँले बताउनुभयो । प्लान्टबाट दैनिक २५ देखि ३० सम्म सिलिन्डर भर्न सकिने जनाइएको छ ।

गाउँपालिकाले गरेको आग्रहअनुसार अहिले सहयोगीदाताबाट रकम जम्मा हुने क्रम जारी रहेको गाउँपालिकाले जनाएको छ । यसका लागि गाउँपालिकाले एनसीसी बैंकमा रहेको ग.५.१ स्थानीय तह विविध कोषको खाता नं १४४०००००२६३०१ मा सहयोग रकम जम्मा गर्न आग्रह समेत गरेको छ । सहयोग गर्ने दाताको नाम शिलालेखमा जनाइने गाउँपालिकाले जनाएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।