धनकुटाका ६ हजार ७ सय ९० जनाले कोरोना विरुद्धको दोश्रो मात्राको खोप लगाए
भाद्र १६,धनकुटा । धनकुटाका ६ हजार ७ सय ९० जनाले कोरोना विरुद्धको दोश्रो मात्रा खोप लगाएका छन् ।
यसअघि फागुन र साउन महिनामा क्रमश: कोभिशिल्ड र भेरोशिलको पहिलो मात्रा लगाएकाहरु मध्ये उल्लेखित संख्याका नागरिकलाई दोश्रो मात्रा खोप लगाईएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ । यी खोप जिल्लाका यसअघि तोकिएका खोप केन्द्रहरुबाटै गत १३ गते देखी लगाईदै गरेको हो ।
सोही अनुसार मंगलवार सम्म चौविसे गाउँपालिकाका २५६ पुरुष,२६३ महिला,सागुरीगढीका २७५ पुरुष ३३५ महिल,सहिदभुमीका १९६ पुरुष, २१३ महिला,छथरजोरपाटीका ४२१ पुरुष,३५४ महिला,धनकुटा नगरपालिकाका ३१०० पुरुष,१४५८ महिला,महालक्ष्मि नगरपालिकाका ४९२ पुरुष,४४८ महिला र पाख्रीवास नगरपालिकाका ३८७ पुरुष र ३९२ महिलालाई खोप लगाईएको स्वास्थ्य कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभएको छ ।
४ औं राष्ट्रिय पुस्तकालय दिवस मनाईयो
विराटनगर । प्रदेश १ सामाजिक विकास मन्त्रालयको आयोजनामा १४ औं राष्ट्रिय पुस्तकालय दिवस मनाईएको छ ।
‘सवल समाजको अधार, सार्वजनिक पुस्तकालयको विकास र विस्तार’ भन्ने नाराका साथ भर्चुअल माध्यमबाट राष्ट्रिय दिवस मनाईएको सामाजिक विकास मन्त्रालय उच्च शिक्षा तथा यूवा खेलकुद महाशाखाका प्रमुख फणिन्द्र खत्रीले जानकारी दिनुभयो ।
अन्र्तक्रिया कार्यक्रममा पुस्तकालयको सञ्जाल निर्माण, पुस्तकालयलाई आधुनिक र प्रविधिमैत्री बनाईनुपर्ने, पुस्तकालय संवन्धि कानून निर्माण, नमूना पुस्तकालय निर्माण, पुस्तकालयमा जनशक्ति व्यवस्थापन, प्रदेश स्तरिय मन्त्रालयमा पुस्तकालय समन्वय शाखाको आवस्यकता, प्रदेशमा भएका पुस्तकालयहरुको अध्ययन हुनुपर्ने लगायतका विषयमा छलफल भएको महाशाखा प्रमुख खत्रीले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति महासंघ प्रदेश १ का अध्यक्ष बवि राई, नगरपालिका संघ प्रदेश १ का अध्यक्ष महेश वस्नेत, गाउँपालिका महासंघ प्रदेश १ का अध्यक्ष ताराबहादुर काफ्लेले पालिका स्तरमा पुस्तकालयको विकास र विस्तारका लागि आवस्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।
संगम पुस्तकालय उदयपुरको समन्वयमा भएको कार्यक्रममा प्रदेश १ का विभिन्न पुस्तकालयका अध्यक्ष तथा प्रतिनिधिहरुसहभागि भएका थिए ।


