अफगानिस्तानमा भूकम्प
हङकङ, १७ भदौं । अफगानिस्तानको फाएजाबादबाट ५७ किलोमिटर उत्तरपश्चिममा रेहको स्थानमा ५.० म्याग्नीज्युडको भू,कम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) बिहीबार जानकारी दिएको छ ।
ग्रीनवीच समयानुसार ०४ः५ सो भू,कम्प गएको बताइएको छ । यस भू,कम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराईमा ३७.६१३३ डिग्री उत्तरी अक्षांश र ७०.३७८१ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । भू,कम्पबाट धनजनको क्षति भएको कुनै समाचारमा हालसम्म प्राप्त भएको छैन् ।
यो पनि पढ्नुहोस
दुबई, यमनको मारिब शहरमा विद्रोही र सरकार समर्थक सेनाबीच जारी रहेको झडपको क्रममा कम्तीमा ६५ जनाको मृ,त्यु भएको एक सैन्य अधिकारीले बिहीबार एएफपी समाचार समितिलाई बताएका छन् ।
ती सैन्य अधिकारीका अनुसार झडपमा २२ सरकारी समर्थक सेनाको मृ,त्यु हुनको साथै अन्य ५० जना घाइते भएका छन् । ४८ घण्टासम्म जारी रहेको झडपमा ४८ हुथी विद्रोही मारिएको सरकारी सेनाका अधिकारीले जानकारी दिएका छन् ।
यमनमा हुथी विद्रोहीले सन् २०१४ बाट शुरु गरेको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् ।


