प्रदेश १ मा आज ३८३ जनामा कोरोना संक्रमण पुष्टि,१ को मृ त्यु

विराटनगर, १७ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३८३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार २३० जनाको. पीसीआर परीक्षण गर्दा २८० र ६८८ जनाको एन्टिजेन परीक्षण गर्दा १०३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११९, झापामा ७७, सुनसरीमा ६६, इलाममा ५, धनकुटामा ३, उदयपुरमा २ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ४५, सुन्दरहरैचामा २४, पथरीशनिश्चरेमा १९, बुढीगंगामा ९, केराबारीमा ४, रंगेलीमा ३, धनपालथान, कटहरी, ग्रामथान, उर्लाबारी, सुनबर्षी र बेलबारीमा २–२, रतुवामाई, लेटाङ र कानेपोखरीमा १–१, झापाको दमकमा २४, शिवसताक्षीमा ११, मेचीनगर र भद्रपुरमा ८–८, विर्तामोडमा ७, अर्जुनधारामा ६, बुद्धशान्ति र हल्दिबारीमा ३–३, कमल गाउँपालिका र बाहृदशीमा २–२, गौरादह, कनकाई र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा ३२, धरानमा १५, बराहक्षेत्र र इनरुवामा ५–५, रामधुनीमा ४, दुहवी र स्थानीय तह नखुलेका २–२, देवानगञ्जमा १, इलामको इलाम नगरपालिकामा ४ र सुर्योदयमा १, धनकुटाको धनकुटा नगरपालिकामा २ र महालक्ष्मीमा १, उदयपुरको चौदण्डीगढी र उदयपुरगढीमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २३१ म्हिला र २१६ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जना पुरुषको मृ त्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।