भारतबाट आउने नेपालीलाई कोरोना विरुद्धको खोप सीमा नाकामै

कञ्चनपुर, १८ भदौ । पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट आउने नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन थालिएको छ ।

सीमा नाकामै रहेको हेल्थ डेस्कमा १८ वर्ष माथिका नेपालीलाई एस्ट्राजेनिका खोप लगाउन थालिएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताउनुभयो ।
“एक सता अघिदेखि खोप लगाउने कार्य शुरु गरेका हौँ” उहाँले भन्नुभयो, “हालसम्म भारतबाट फर्कने ३००भन्दा बढीलाई खोपको पहिलो मात्रा दिइएको छ ।”

सीमा नाकामा पहिलो खोप लाउनेले दोश्रोे मात्रा सम्बन्धित जिल्लामै लागाउनुपर्ने भएको छ। दैनिक सीमा नाका भएर आउने ५० भन्दा बढी आउने गरेका छन् ।
खोपको सामान्य ‘साइड इफेक्ट’ रहेपनि हालसम्म यहाँ खोप लगाएकाहरुमा कुनै जटिल समस्या देखिएको छैन ।

सीमा नाकामा आइपुग्नेलाई खोप लगाए नलागाएको निक्र्यौल गरेपछि मात्रै लगाइने र जटिल अबस्थाका र दिर्घरोगीलाई भने खोप नलगाइने यहाँ कार्यरत स्वास्थ्यकर्मीको भनाइ थियो ।कार्यालयका अनुसार हालसम्म जिल्लामा एक लाख सात हजार १६३ले खोपको पहिलो मात्रा लगाइसकेका छन् भने ६४ हजार ७९५ ले दोस्रो मात्रा पनि लगाइसकेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।