८० लाख मूल्य बराबरको यार्सागुम्बासहित चार जनालाई प,क्राउ

काठमाडौँ, १८ भदौ।महानगरीय अपराध नियन्त्रण महाशाखाले झण्डै रु ८० लाख मूल्य बराबरको यार्सागुम्बासहित चार जनालाई प,क्राउ गरेको छ ।

अवैधरुपमा यार्सागुम्बाको कारोबार भइरहेको प्राप्त सूचनाका आधारमा महाशाखाको टोलीले काठमाडौँको सामाखुशीबाट उनीहरुलाई प,क्राउ गरेको हो ।

प,क्राउ पर्नेमा गोरखा घर भई काठमाडौँको मित्रनगर बस्ने ४८ वर्षीय डुण्डुप गुरुङ, लमजुङ घर भइ नयाँ बसपार्क बस्ने ५० वर्षका बेलबहादुर थापा, सोही जिल्ला घर भई बानियाटार बस्ने ४० वर्षका कृष्ण परियार र प्यूठान घर भई तारकेश्वर बस्ने ४७ वर्षका दानबहादुर जिसी रहेका छन् ।

गुरुङको कोठा खानतलासी गर्दा बिक्री वितरण गर्ने उद्देश्यले लुकाइछिपाइ राखेको अवस्थामा यार्सागुम्बा फेला परेको थियो ।

प,क्राउ परेका चारै जनालाई आवश्यक कारवाहीका लागि आज डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको महाशाखाले एक सूचना जारी गरी जनाएको छ । उनीहरुको साथबाट एक किलो ८५० ग्राम यार्सागुम्बा समेत बरामद गरिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।