कोभ–२ र हैजा रोग विरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ लाई सुरुआत गर्ने

काठमाडौँ, १८ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्स कोभ–२ र हैजा रोग विरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ लाई सुरुआत गर्ने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ती रोगका क्रमशः ‘एमआरएनए’ र ‘कोलेरा’ खोपको ‘क्लिनिकल ट्रायल’ सुरु गर्न लागेको हो ।

यही भदौ १० गते मन्त्रिपरिषद्को बैठकले ती रोगविरुद्धको खोपका लागि ‘क्लिनिकल ट्रायल’ गर्न अनुमति दिने निर्णय गरेको थियो । परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवालीले दुवै खोपको परीक्षण दुई हप्ताभित्र सुरु गरिने जानकारी दिनुभयो । उहाँले कोभ–२ विरुद्धको ‘एमआरएनए’ परिषद्ले धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देउराली जनता फार्मास्युटिकल्ससँगको सहकार्यमा र हैजाको ‘कोलेरा’ को परीक्षण बीपीसहित, धुलिखेल अस्पताल, कान्ति बाल अस्पताल र नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा गर्ने बताउनुभयो ।

खोप उत्पादक कम्पनीले खोप ‘एमआरएनए’ पहिलो र दोस्रो चरणको सफल परीक्षणपछि नेपालमा तेस्रो चरणको परीक्षण गर्न थालिएको हो । चीनको वालभ्याक्स कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको ‘एमआरएन’ खोप नेपालमा परीक्षण गर्न थालिएको उहाँले बताउनुभयो ।

उक्त कम्पनीले २८ हजार जनामा परीक्षण गर्ने र नेपालमा तीन हजार जनामा परीक्षण गर्ने उहाँले जानकारी दिनुभयो । सोही अनुसार तेस्रो क्लिनिकल ट्रायल बीपी प्रतिष्ठान धरान हुनेछ।

खोपको परीक्षण गर्नु अगाडि प्रयोगशाला र जनावरमा गरिन्छ । मानिसमा पहिलो र दोस्रो चरणको परीक्षण गर्दा थोरै जनसङ्ख्यामा गरिन्छ । “खोप परीक्षण गर्दा धेरैमा कति सुरक्षित छ भन्ने हेरिन्छ,” कार्यकारी निर्देशक डा ज्ञवालीले भन्नुभयो, “तेस्रो चरणमा परीक्षणमा धेरै सुरक्षित भए मात्र खोप लगाउन अनुमति दिइन्छ ।” परीक्षणका क्रममा खोपको सुरक्षा, प्रभावकारिता र कुन उमेर समूहका व्यक्तिलाई बढी प्रभावकारी हुन्छ भनेर पनि अध्ययन गरिन्छ । उहाँले परीक्षण गर्दा कुनै व्यक्तिमा कुुनै समस्या परे त्यसको सम्पूर्ण जिम्मा खोप उत्पादक कम्पनीले लिने गर्ने बताउनुभयो ।

“परीक्षणका क्रममा खोप दिएकाहरुमा कुनै पनि असर देखिए उत्पादन कम्पनीले नै सम्पूर्ण जिम्मा लिने गरिन्छ,” उहाँले भन्नुभयो, “कसैलाई जबर्जस्ती वा गुपचुप कसैलाई पनि खोप परीक्षण गरिँदैन ।”

परीक्षणका लागि चीनबाट खोप अझै आइसकेको छैन । परिषद्ले सुनसरी जिल्लाका स्थानीयवासीमा परीक्षण गर्ने जनाएको छ । अहिले नेपालमा प्रयोग गरिएका खोप कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन र एस्ट्राजेनिका खोप बाहिरी मुलुकमा नै परीक्षण गरिएका हुन् । नेपालमा परीक्षण गर्दा नेपालीको वंशाणुगत गुणअनुसार कति प्रभावकारी हुन्छ भन्ने थाहा हुने परिषद्का कार्यकारी निर्देशक डा ज्ञवालीले जानकारी दिनुभयो ।

साथै नेपालमा परीक्षण हुँदा कम्पनीले नेपाललाई सहुलियतमा प्राथमिकताका साथ खोप पनि उपलब्ध गराउने सहमति भएको छ । “परीक्षण भएपछि त्यो खोप सबभन्दा पहिलो हामीले पाउँछौँ,” उहाँले भन्नुभयो, “हामीले खोप नदिईकन कम्पनीले अन्य देशलाई बेच्न पाउँदैन । हामी समयमा र उत्पादनमा लागेको खर्च मात्र दिएर खोप पाउन सक्छाँै ।”

परिषद्की अनुसन्धान अधिकृत नमिता घिमिरेले हैजाविरुद्धको खोप ‘कोलेरा’ १ देखि ४० वर्ष उमेर समूहका करिब दुई हजार पाँच सय व्यक्तिमा गरिने जानकारी दिनुभयो । हैजाविरुद्धको खोप कोरियन उत्पादक कम्पनीको सहयोगमा परीक्षण गरिन थालेको हो । कोलेरा खोप दुई हप्ताको बीचमा दुईपटक लगाउनुपर्ने हुन्छ ।

औषधि व्यवस्था विभागमा उक्त कम्पनीले आपत्कालीन प्रयोगका लागि ‘एमआरएन’ खोपको अनुमति अझै माग गरेको छैन । सूचना अधिकारी सन्तोष केसीले कम्पनीले परीक्षण प्रयोगका लागि अनुमति माग नगरेको बताउनुभयो । “मन्त्रिपरिषद् र स्वास्थ्य परिषद्ले ट्रायलका लागि अनुमति प्रदान गरिसकेको छ,” उहाँले भन्नुभयो, “हामीसँग कम्पनीले अझै अनुमति मागेको छैन । माग्न आएको खण्डमा हामीले तुरुन्तै अनुमति दिन्छाँै ।” विभागले ‘एमआरएन’ खोप परीक्षणको अनुमति दिएपछि मात्र परीक्षण गरिनेछ ।

उहाँका अनुसार अहिलेसम्म विभागले कोभिड–१९ आपत्कालीन प्रयोगका लागि भारतबाट उत्पादिक खोप कोभिसिल्ड र कोभ्याक्सिन, चीनबाट सिनोफार्मको कम्पनीको भेरोसेल र सिनोभ्याक्स, रसियन कम्पनी स्पुतनिक ‘भी’र अमेरिकन खोप जोन्सन एन्ड जोन्सनलाई अनुमति प्रदान गरेको छ । नेपालमा अहिलेसम्म एक करोडभन्दा बढीले खोप लगाइसकेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।